नेपाल एसबिआई बैंक र नेपाल क्लियरिङ हाउसबिच सीमापार भुक्तानीलाई सहज बनाउन सम्झौता

नेपाल एसबिआई बैंक र नेपाल क्लियरिङ हाउसबिच सीमापार भुक्तानीलाई सहज बनाउन सम्झौता

सोमवार, जेठ १४ २०८१
सोमवार, जेठ १४ २०८१
  • images
    images
    नेपाल एसबिआई बैंक र नेपाल क्लियरिङ हाउसबिच सीमापार भुक्तानीलाई सहज बनाउन सम्झौता
    images
    images

    काठमाडौं/  नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल र भारत बीचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।
     
    यस सम्झौताले नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकले तोकेको सीमामा रहेर नेशनल पेमेन्ट इन्टरफेस (NPI) को माध्यमबाट नेपाल एसबिआई बैंक लिमिटेडमा रहेको आफ्नो बैंक खाताबाट भारतमा रहेको आफ्नो बैंक खातामा सीधै रकम स्थानान्तरण गर्न सकिने जनाएको छ । 

    त्यसैगरी, भारतमा बसोबास गर्ने नेपाली नागरिकहरूले पनि यूनिफाइड पेमेन्ट इन्टरफेस (UPI) को माध्यमबाट नेपालमा रहेको आफ्नो बैंक खाताहरूमा सिधै रकम स्थानान्तरण गर्न सकिनेछ । 


    उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे को उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कुमार पंडा र एनसीएचएलकातर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए । 

    उक्त कार्यक्रममा एनसीएचएलकातर्फबाट प्रमुख संचालन अधिकृत श्रीमती मुन्नी राजभण्डारी र व्यवसाय प्रबर्धन अधिकृत,  मनिष कुमार पटेल तथा बैंकका तर्फबाट प्रमुख प्रविधि अधिकृत, सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत,  रितेश अर्याल, मुख्य प्रबन्धक, सुरज मानन्धर लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

    हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com