गार्डियन माइक्रो लाइफका सिइओ भण्डारीको अध्यक्षतामा ‘नेपाल लघु बीमक संघ’को स्थापना

गार्डियन माइक्रो लाइफका सिइओ भण्डारीको अध्यक्षतामा ‘नेपाल लघु बीमक संघ’को स्थापना

सोमवार, जेठ ७ २०८१
सोमवार, जेठ ७ २०८१
  • images
    images
    गार्डियन माइक्रो लाइफका सिइओ भण्डारीको अध्यक्षतामा ‘नेपाल लघु बीमक संघ’को स्थापना
    images
    images

    काठमाडौँ / नेपालमा हाल सञ्चालनमा रहेका लघु बीमकहरू आवद्ध ‘नेपाल लघु बीमक संघ’ नामको गैर सरकारी संस्था दर्ता भएको छ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चिरायु भण्डारीको अध्यक्षतामा गत बिहीबार उक्त संस्था दर्ता भएको हो । 

    उक्त संस्थाले न्युन आय, बर्ग तथा दुरदराजका नागरिकहरूमा बीमाको पहुँच विस्तारको लागि नेपाल बीमा प्राधिकरणलगायत सम्बन्धित संघ सस्थाहरूसँग सहकार्य र समन्वय गर्नेछ । 

    नेपाल लघु बीमक संघले देशको लघु बीमा क्षेत्रमा कार्यरत स्वदेशी तथा बिदेशी संघ संस्थाहरूसँग समन्वय गरी लघु बीमा सेवालाई स्तरीय तथा भरपर्दो बनाउँदै समावेशी बीमाको अवधारणालाई मूर्त रूप दिनका लागि बीमा रक्षावरणको पहुँच बाहिर रहेका बर्ग समुदायलाई बीमाको दायरामा समेट्ने बताइएको छ । 

    साथै, ती समुदायको आर्थिक भविष्यलाई सुनिश्चित गर्ने, लघु बीमा सेवाको बिकास तथा बिस्तार गर्ने र पर्यावरण संरक्षणसम्बन्धि बिभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने उ२ेश्य रहेको सं३ले जनाएको छ । 

    संघको अध्यक्षमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका सिआइओ चिरायु भण्डारी रहेका छन् भने स्टार माइक्रो इन्स्योरेन्सका सिइओ बिश्व राम तिमिला उपाध्यक्ष, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सिइओ नरेश कुमार रोका सचिव र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव कोषाध्यक्ष रहेका छन् । 

    यसैगरी सदस्यहरूमा ट्रष्ट माइक्रोे इन्स्योरेन्स कम्पनीका सिइओ उज्जल ढुङ्गाना, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका सिइओ मृगेन्द्रनाथ रिमाल र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका सिइओ प्रताप मान श्रेष्ठ रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com