images
Logo
images

बैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकको २५ निर्णयहरू के–के हुन् ? (सूचीसहित)

बैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकको २५ निर्णयहरू के–के हुन् ? (सूचीसहित)

बैठकले इजरायल घटनामा मारिएका ६ नेपालीको शव विमानस्थलबाट सम्बन्धित ठाउँमा पठाउँदा लागेको २८ लाख ३६ हजार ८३४ रुपैयाँ भुक्तानी गर्ने निर्णय गरेको छ ।

शुक्रवार, बैशाख २८ २०८१
शुक्रवार, बैशाख २८ २०८१
  • बैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकको २५ निर्णयहरू के–के हुन् ? (सूचीसहित)

    काठमाडौँ / प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा बैशाख २७ गते बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले २५ वटा निर्णय गरेको छ।

    images
    images

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा नियुक्त, सरुवा, मित्रराष्ट्रले दिने अनुदान स्वीकारलगायत २५ निर्णय गरेको हो । 

    बैठकले इजरायल घटनामा मारिएका ६ नेपालीको शव विमानस्थलबाट सम्बन्धित ठाउँमा पठाउँदा लागेको २८ लाख ३६ हजार ८३४ रुपैयाँ भुक्तानी गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

    यस्तै, सरकारले १ अर्ब २० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बैठकले विश्व वातावरण सुविधा (जीईएफ) बाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने उक्त सहयोग स्वीकार गर्ने निर्णय गरेको हो।

    त्यसैगरी बैठकले इन्डोनेसियाको बालीमा हुने वर्ल्ड वाटर फोरमअन्तर्गत जेठ ७ र ८ गते हुने बैठकमा हुने मन्त्रिस्तरीय बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ।

    त्यस्तै वैशाख २९ गतेदेखि जेठ ४ गतेसम्म बंगलादेशमा आयोजना हुने लर्निङ एक्सचेन्ज एन्ड एक्सपिरियन्स शेअरिङ भिजिटमा सहभागिताका लागि राष्ट्रिय योजना आयोगका सदस्य प्राडा शिवराज अधिकारीलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय :

    undefinedundefined

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय