images
Logo
images

सानिमा बैङ्कको फोनपे क्यूआरमार्फत भारतीय ग्राहकले अन्तरदेशीय भुक्तानी गर्न सकिने

सानिमा बैङ्कको फोनपे क्यूआरमार्फत भारतीय ग्राहकले अन्तरदेशीय भुक्तानी गर्न सकिने

बुधवार, बैशाख २६ २०८१
बुधवार, बैशाख २६ २०८१
  • सानिमा बैङ्कको फोनपे क्यूआरमार्फत भारतीय ग्राहकले अन्तरदेशीय भुक्तानी गर्न सकिने

    काठमाडौँ / सानिमा बैङ्क लिमिटेडको फोनपे क्यूआरमार्फत भारतीय ग्राहकहरूले अन्तरदेशीय भुक्तानी गर्न सक्ने भएका छन् । बैङ्कले फोनपे पेमेन्ट सर्भिस प्रा.लि.सँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि सहकार्य गरेको अन्तरदेशीय भुक्तानी सहज भएको हो ।

    images
    images

    यस सहकार्य अन्तर्गत, भारतीय नागरिकहरूले अब फोनपे, भीम एप र युपिआइमार्फत फोनपे नेटवर्क अन्तर्गतका क्यूआर कोड स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

    सो सहकार्यबाट नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरूले नेपालमा सुरक्षित र सुनिश्चित डिजिटल माध्यमबाट झन्झटमुक्त भुक्तानीको अनुभव प्राप्त गर्न सकिने बैङ्कले विश्वास लिएको छ ।  

    सानिमा बैङ्कका देशका सातै प्रदेशमा १३३ कार्यालयहरु तथा १२४ वटा एटिएम सञ्जाल रहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय