आगो लगाउनेलाई कारबाहीका लागि वन कार्यालय पठाइयो

आगो लगाउनेलाई कारबाहीका लागि वन कार्यालय पठाइयो

सोमवार, बैशाख २४ २०८१
सोमवार, बैशाख २४ २०८१
  • images
    images
    आगो लगाउनेलाई कारबाहीका लागि वन कार्यालय पठाइयो
    images
    images

    कास्की / सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ परेको छ । 

    अन्नपूर्ण गाउँपालिका–३ मराम्चेस्थित मराम्चे सामुदायिक वनमा डढेलो लगाउने स्थानीय ३९ वर्षीय अगन्दर पौडेललाई पक्राउ गरी थप कारबाहीका लागि डिभिजन वन कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

    सो वनमा शुक्रबार आगो लागेको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरको टोली घटनास्थलमा खटिएको थियो । आगो लगाएका व्यक्तिको खोजतलास गर्दा पौडेलले आगो लगाएको खुलेको प्रहरीले जनाएको छ । 

    पक्राउ परेका पौडेलले वन नजिकै रहेको खरबारीमा आगो लगाउँदा अनियन्त्रित भइ वनमा आगो फैलिएको थियो । यस वर्ष वन डढेलोले वन्यजन्तु, वनस्पति, जैविक विविधता र वातावरणनै प्रदूषित भएपछि प्रहरीले वनमा आगो लगाउनेको खोजी सुरु गरेको थियो । 

    प्रहरीका अनुसार यसवर्ष विभिन्न स्थानका वनमा एक सय २७ पटक डढेलो लागेको छ । प्रहरी नायब उपरीक्षक शर्माका अनुसार वनमा आगजनीका अधिकांस घटना व्यक्ति विशेषले आपराधिक मनसाय राखी जानीजानी गरेको देखिएको छ । 

    नेपालको कानुनमा वन जङ्गलमा आगजनी गर्ने गराउने कार्य गम्भीर आपाराधिक कार्य मानी यस्तो कसूर गर्नेलाई वन ऐन अनुसार तीन वर्षसम्म कैदसम्मको व्यवस्था छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com