images
Logo
images

भैरवको रथ तानेर बिस्केट जात्रा सम्पन्न हुँदै, सुरक्षाका लागि एक हजार सुरक्षाकर्मी तैनाथ

भैरवको रथ तानेर बिस्केट जात्रा सम्पन्न हुँदै, सुरक्षाका लागि एक हजार सुरक्षाकर्मी तैनाथ

बुधवार, बैशाख ५ २०८१
बुधवार, बैशाख ५ २०८१
  • भैरवको रथ तानेर बिस्केट जात्रा सम्पन्न हुँदै, सुरक्षाका लागि एक हजार सुरक्षाकर्मी तैनाथ

    भक्तपुर / भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आज सम्पन्न हुँदैछ । गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर सुरु भएको जात्राको आज अन्तिम दिन साँझ ५ बजे गःहिटीबाट भैरवको रथ तान्न सुरु भएको गुठी कार्यालय भक्तपुरका प्रमुख खिमा वलीले जानकारी दिइन् । 

    images
    images

    आज साँझ सबै पूजा सम्पन्न भएपछि भैरवको रथ तानेर तौमढी हुँदै सुकुलढोका पुर्याएर दत्तात्रयतर्फ लैजाँदै गरे पनि तल्लोतर्फका बासिन्दाले साँझ ७ बजेसम्म रथलाई तानेर पुन तौमढी हुँदै गःहिटी ल्याइएको छ । 

    वंशगोपालतर्फ लैजाने प्रयास जारी छ । राति रथलाई पुनः तोमढी पुर्याएपछि जात्रा सम्पन्न हुने परम्परा छ । रथ तान्नेक्रममा तल्लो र माथिल्लो दुवैतर्फका हजारौँले स्थानीयवासीले आ–आफ्नो क्षेत्रमा रथ लैजान तानातान गर्ने चलन छ । 

    तानातानको क्रममा झैझगडा हुने सम्भावना भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षाका लागि एक हजार सुरक्षाकर्मी तैनाथ गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका प्रहरीलगायतका सुरक्षाकर्मी तैनाथ गरिएको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिइन् । 

    जात्रा बिथोल्नेलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाइने उनले बताइन्। विक्रम संवत्अनुसार सौरमासको आधारमा चल्ने यो जात्रा नव वर्षको चार दिनअघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी वैशाख ५ गते रथ तानेर जात्रा सम्पन्न गर्ने गरिन्छ । 

    काठैकाठको प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराइसकेपछि परम्पराअनुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तानेर तौमढी पुर्याएपछि यस वर्षको जात्रा सम्पन्न हुनेछ ।

    त्यसैगरी भक्तपुरको तालाक्वास्थित ज्याठा गणेश अगाडि उठाएको हात नभएको लिङ्गो आज ढालिएको छ ।  चैत मसान्त बिहान कुमाले टोलमा उठाएको लिङ्गो आज बिहान ढालिएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय