निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल, नयाँ कार्यसमिति चयन

निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल, नयाँ कार्यसमिति चयन

बिहिवार, चैत ८ २०८०
बिहिवार, चैत ८ २०८०
  • images
    images
    निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल, नयाँ कार्यसमिति चयन
    images
    images

    काठमाडौँ / नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल निर्वाचित भएका छन् । 

    नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको छाता संगठनकारुपमा रहेको यो संघको अध्यक्षमा प्रभु इन्स्योरेन्समा आबद्ध मल्ल निर्वाचित भएका हुन् । मल्ल नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष समेत हुन।

    काठमाडौँमा सम्पन्न संघको ८औं वार्षिक साधारणसभाबाट अध्यक्षमा मल्लसहित नयाँ कार्यसमिति गठन समेत गरेको हो । 

    त्यस्तै कार्यसमितिको उपाध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका मनोहर दास, महासचिवमा हिमालयन एभरेष्ट इन्स्योरेन्सका महेन्द्र कृष्ण श्रेष्ठ, कोषाध्यक्षमा नेको इन्स्योरेन्सका रमेश कुमार निरौला निर्वाचित भएका छन।

    त्यस्तै कार्यसमिति समिति सदस्यमा युनाइटेड अजोड़ इन्स्योरेन्सका आजाद श्रेष्ठ, सिद्दार्थ प्रिमियर इन्स्योरेन्सका पवन अग्रवाल र सानिमा जनरल इन्स्योरेन्सका कुनाल क्याल निर्वाचित भएका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com