images
Logo
images

एक महिनामा पाथीभरामा पुगे करिब १८ हजार भक्तजन, साढे ५५ लाख भेटी सङ्कलन

एक महिनामा पाथीभरामा पुगे करिब १८ हजार भक्तजन, साढे ५५ लाख भेटी सङ्कलन

बिहिवार, चैत १ २०८०
बिहिवार, चैत १ २०८०
  • एक महिनामा पाथीभरामा पुगे करिब १८ हजार भक्तजन, साढे ५५ लाख भेटी सङ्कलन

    फुङ्लिङ (ताप्लेजुङ) / ताप्लेजुङको पाथीभरा मन्दिरमा एक महिनाको अवधीमा करिब १८ हजार भन्दा बढी भक्तजनले पूजापाठ गरेका छन् । 

    images
    images

    पाथीभरा क्षेत्र विकास समितिका अनुसार फागुनमा आन्तरिक तथा बाह्य गरी १७ हजार नौ सय १२ तीर्थयात्री पाथीभरा पुगेर पूजापाठ गरेका छन् । 

    समितिको तथ्याङ्कअनुसार गत साउनदेखि माघसम्ममा ९८ हजार तीन सय भक्तजनले पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेका थिए । 

    फागुनसमेत गरी एक लाख १६ हजार दुई सय १२ भक्तजनले पाथीभरामा पुगेर पूजापाठ गरेको समितिले जनाएको छ । 

    बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुको समयमा भक्तजनको चाप बढ्ने गरेको छ । 

    बडादसैँपछि चैतेदसैँ (रामनवमी) का समयमा धेरै तीर्थयात्री यहाँ आउने गर्दछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् । 

    ५५ लाख ७० हजार भेटी रकम सङ्कलन

    फागुनमा ५५ लाख ७० हजार आठ सय ८० रुपैयाँ भेटी रकम सङ्कलन भएको छ । सङ्कलन भएको नगद समितिको नाममा रहेका विभिन्न बैंकमा जम्मा गरेर विवरण सार्वजनिक गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए । 

    कसरी पुग्न सकिन्छ ? 

    तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको बिर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ । 

    मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की सडक छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ । 

    वर्षाको समयमा कच्ची बाटोमा सामान्यतया समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ । काफ्लेपाटीसम्म यातायातका साधन सहज पुग्ने गर्दछन् । 

    काफ्लेपाटीबाट पाँच किलोमिटर पदर्मागको प्रयोग गरेर पाथीभरा पुग्न सकिन्छ ।  पाथीभरामा हेलिकप्टरमार्फत मन्दिर परिसरमै पुगिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय