सत्ता स्वार्थका लागि हुने सरकार परिवर्तन सकारात्मक छैन : नेपाल समाजवादी पार्टी

सत्ता स्वार्थका लागि हुने सरकार परिवर्तन सकारात्मक छैन : नेपाल समाजवादी पार्टी

शुक्रवार, फागुन २५ २०८०
शुक्रवार, फागुन २५ २०८०
  • images
    images
    सत्ता स्वार्थका लागि हुने सरकार परिवर्तन सकारात्मक छैन : नेपाल समाजवादी पार्टी
    images
    images

    काठमाडौँ / नेपाल समाजवादी पार्टीले सत्ता स्वार्थका लागि हुने सरकार परिवर्तन सकारात्मक नभएको जनाएको छ । 

    नयाँ गठबन्धनसहित पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पुनः नयाँ सरकार गठन भएको घटनासम्बन्धमा प्रेस विज्ञप्ति जारी गर्दै नेसपाले कुर्सीका खेलप्रति नेपाली जनताको रुचि र चासो नभएको भन्दै यस्तो बताएको हो । 

    प्रतिगमन विरोधी आन्दोलनको जगमा लोकतन्त्रको रक्षाका लागि बनेको गठबन्धन विघटन भएर नयाँ गठबन्धन नयाँ सरकार बनेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको नेसपाले जनाएको छ । 

    “हाम्रो पार्टीले मुलुकमा राजनीतिक स्थिरता सहित सुशासन, दिगो विकास र समृद्धी खोजेको छ । राजनीतिक दलहरुले संघीयता, समावेशीता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक प्रणाली  संविधान र लोकतन्त्रको जगेर्ना गर्दै अगाडी बढ्नु अहिलेको आवश्यकता हो,” विज्ञप्तिमा भनिएको छ ।  

    अग्रगामी शक्तिहरू एकताबद्ध भई शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउने, राजनीतिक स्थिरताका लागि संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जाने, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न शक्तिशाली जनलोकपाल गठन गर्ने, संघीयतालाई सम्बर्धन गर्ने, संविधान अनुकूल ऐन कानूनहरु निर्माण गर्ने, आर्थिक क्रान्तिका कार्ययोजनाहरु तयार गरी समृद्धि हासिल गर्ने र राष्ट्रिय एकतालाई बलियो बनाउन साझा परराष्ट्र नीति अबलम्बन गरी ठूला दुई छिमेकी राष्ट्रसँग समनिकटताको सम्बन्ध कायम राखी अगाडि बढ्नसमेत नेसपाले जोड दिएको छ । 

    विज्ञप्तिमा भनिएको छ, “संसदीय राजनीतिको फोहोरी खेलमा लागेर कुर्सीको लागि राष्ट्र र जनताको हितलाई सौदाबाजी गर्ने, सरकारमा गएर राज्यको दोहन गर्ने, परिवारबाद, नातावाद, सत्ता लिप्तमा लाग्ने प्रवृत्तिले देशलाई राजनीतिक अस्थिरता, निराशा र पश्चगमन तर्फ धकेल्ने निश्चित छ।”  

    नेपाल समाजवादी पार्टीले अलोकतान्त्रिक र गैरराजनीतिक प्रवृत्तिहरुको भण्डाफोर गर्दै वैकल्पिक राजनीतिक शक्ति निर्माणको दिशामा दृढता पूर्वक आगाडि बढ्ने प्रतिबद्धतासमेत जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com