शेयर बजारमा फेरि लाग्यो पोजेटिभ सर्किट, कारोबार ४० मिनेटका लागि स्थगित

शेयर बजारमा फेरि लाग्यो पोजेटिभ सर्किट, कारोबार ४० मिनेटका लागि स्थगित

सोमवार, फागुन २१ २०८०
सोमवार, फागुन २१ २०८०
  • शेयर बजारमा फेरि लाग्यो पोजेटिभ सर्किट, कारोबार ४० मिनेटका लागि स्थगित

    काठमाडौँ / राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा पुनः कारोबार रोकिएको छ । बजार ११ः२४ मिनेटमा दोस्रो माथिल्लो सर्किट लागेको हो।

    images
    images

    नेप्से परिसूचक ५ प्रतिशत अर्थात् ९८.६९ अंकले बढेको छ। यो सँगै परिसूचक बढेर २०५० को विन्दुमा पुगेको छ। अब बजार ४० मिनेटपछि मात्र खुल्नेछ। यसअघि बजार खुलेको केहीबेरमा ४ प्रतिशतले बढेको थियो। योसँगै बजारमा २० मिनेटका लागि कारोबार स्थगित भएको थियो।

    आज बजार खुलेको केही समयमै नेप्से परिसूचक ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ। त्यसपछि खुलेको बजार फेरि ५ प्रतिशतले बढेमा वा घटेमा ४० मिनेटका लागि कारोबार स्थगित गरिएको छ। त्यसपछि बजार ६ प्रतिशतले बढेमा वा घटेमा भने बाँकी दिनको कारोबार स्थगित गरिने व्यवस्था रहेको छ।

    अहिलेसम्म बजारमा २४ करोड ५२ लाख रुपैयाँ बढीको कारोबार भएको छ भने २१५ कम्पनीको शेयरभाउ बढेको छ। दुईवटाको मात्रै घटेको छ। अहिलेसम्म १६ वटा कम्पनीको शेयरभाउमा पोजेटिभ सर्किट लागेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय