निर्जीवन बीमा कम्पनीको ३२ प्रतिशत हिस्सा मोटर बीमाको, अन्य कुन क्षेत्रमा कति ?

निर्जीवन बीमा कम्पनीको ३२ प्रतिशत हिस्सा मोटर बीमाको, अन्य कुन क्षेत्रमा कति ?

बिहिवार, फागुन १७ २०८०
बिहिवार, फागुन १७ २०८०
  • images
    images
    निर्जीवन बीमा कम्पनीको ३२ प्रतिशत हिस्सा मोटर बीमाको, अन्य कुन क्षेत्रमा कति ?
    images
    images

    काठमाडौँ / निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ७ महिनामा २२ अर्ब ४६ करोड २८ लाख रुपौयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। 

    नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०८०/८१ को माघ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुको आर्जन गरेको ठूलो हिस्सा भने मोटर बीमाले ओगटेको देखाएको छ । 

    तथ्याङ्क अनुसार मोटर बीमाबाट माघ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब २९ करोड ६९ लाख ३२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कको ३२.४८ प्रतिशत हो ।

    यता, मोटर बीमापछि निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट सबैभन्दा धेरै सम्पत्ति बीमाबाट आर्जन भएको तथ्यांकले देखाएको छ । सम्पत्ति बीमाबाट ५ अर्ब ५० करोड ८९ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । यो निर्जीवन बीमाहरुले आर्जन गरेको कुल बीमाशुल्कको २४.५२ प्रतिशत हुन आउछ। 

    यस्र्त, इन्जिनियरिङ्ग बीमाको पनि १४.२५ अर्थात ३ अर्ब २० करोड २८ लाख रुपैयाँ योगदान रहेको छ भने, विविध बीमाको ११.९१ प्रतिशत, हवाईको ६.२६ प्रतिशत, सामुन्द्रिक बीमाको २.२६ प्रतिशत र कृषि तथा बालि बीमाको ४.९१ प्रतिशत योगदान रहेको छ।

    निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरूले माघ महिनासम्म विभिन्न बीमालेखहरूबाट संकलन गरेको कुल बीमाशुल्कको प्रदेशगत विवरण

    2.JPGस्रोतः नेपाल बीमा प्राधिकरण

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com