निर्जीवन बीमा कम्पनीको ६५ प्रतिशत व्यवसाय बागमतीमा केन्द्रित, अन्य प्रदेशमा बजार हिस्सा कति ?

निर्जीवन बीमा कम्पनीको ६५ प्रतिशत व्यवसाय बागमतीमा केन्द्रित, अन्य प्रदेशमा बजार हिस्सा कति ?

बिहिवार, फागुन १७ २०८०
बिहिवार, फागुन १७ २०८०
  • images
    images
    निर्जीवन बीमा कम्पनीको ६५ प्रतिशत व्यवसाय बागमतीमा केन्द्रित, अन्य प्रदेशमा बजार हिस्सा कति ?
    images
    images

    काठमाडौँ / निर्जीवन बीमकको व्यापारको ठूलो हिस्सा बागमती प्रदेशमै केन्द्रित रहेको देखिन्छ। 

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष ७ महिना माघसम्मको तथ्याङ्क अनुसार निर्जीवन बीमकको व्यापारको हिस्सा बागमती प्रदेशमा मात्रै ६५ प्रतिशत रहेको देखाएको हो । 

    चालु आर्थिक बर्षको ७ महिनामा निर्जीवन बीमा कम्पनीहरुले विभिनन बीमालेखहरु बिक्रीबाट २२ अर्ब ४६ करोड २८ लाख ४९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। 

    कम्पनीहरुले यो अवधिसम्म बागमती प्रदेशबाट मात्रै १४ अर्ब ७३ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। जसअनुसार बागमतीमा मात्रै कम्पनीहरुको कुल व्यापारको ६५ प्रतिशत बढी हिस्सा रहेको छ।

    यसैगरी निर्जीवन बीमाको दोस्रो ठूलो बजार लुम्बिनी प्रदेश रहेको देखिन्छ। यो प्रदेशबाट कम्पनीहरुले विभिन्न बीमालेख बेचेर २ अर्ब ९ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो कुल व्यापारको ९ प्रतिशत बढी हो।

    निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरूले माघ महिनासम्म विभिन्न बीमालेखहरूबाट संकलन गरेको कुल बीमाशुल्कको प्रदेशगत विवरण

    2.JPG

    तेस्रोमा कोशी प्रदेश रहेको छ। यो प्रदेशबाट निर्जीवन बीमकहरुले १ अर्ब ९९ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। कोशी प्रदेशमा निर्जीवन बीमा कम्पनीहरुको बजार हिस्सा करिब ९ प्रतिशत रहेको देखिन्छ।

    त्यस्तै कम्पनीहरुले मधेश प्रदेशबाट १ अर्ब ५२ करोड १८ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट १ अर्ब २९ करोड २३ लाख रुपैयाँ, सुदूरपश्चिमबाट ६० करोड ६९ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट २२ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। 

    यस हिसाबले निर्जीवन बीमा व्यवसायको बजार हिस्सा मधेश प्रदेशमा करिब ७ प्रतिशत, गण्डकीमा करिब ६ प्रतिशत, सुदूरपश्चिममा करिब ३ प्रतिशत र कर्णालीमा १ प्रतिशत रहेको देखिन्छ।

    निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरूले माघ महिनासम्म  जारी गरेको कुल बीमालेख संख्याको प्रदेशगत विवरण

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com