७ महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गरे करिब सवा ८ करोड प्रिमियम, कुनले कति ?

७ महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गरे करिब सवा ८ करोड प्रिमियम, कुनले कति ?

बिहिवार, फागुन १७ २०८०
बिहिवार, फागुन १७ २०८०
  • images
    images
    ७ महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गरे करिब सवा ८ करोड प्रिमियम, कुनले कति ?
    images
    images

    काठमाडौँ / निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा लघु बीमालेख बिक्री गरेर करिब सवा ८ करोड रुपैयाँ बराबरको व्यापार गरेका छन्।

    नेपाल बीमा प्राधिकरणले जारी गरेको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका ३ वटा निर्जीवन लघु बीमा कम्पनीले यो साता महिनाको अवधिमा लघु बीमालेख बिक्रीबाट ८ करोड २३ लाख ९५ हजार रुपैयाँ कुल बीमाशुल्क (प्रिमियम) आर्जन गरेका हुन्। यो अवधिमा कम्पनीहरुले ४३ हजार ८७३ वटा लघु बीमालेख जारी गरेका छन्।

    सात महिनामा लघु बीमालेख बिक्री गरेर सबैभन्दा बढी नेपाल माइक्रा इन्स्योरेन्सले प्रिमियम संकलन गरेको छ। यो कम्पनीले ३ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    यसैगरी माघसम्म प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २ करोड ३२ लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्स १ करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com