आगामी तीन दिनको मौसम पूर्वानुमान : कतै छिटफुट बर्षा र कतै हिमपात हुने

आगामी तीन दिनको मौसम पूर्वानुमान : कतै छिटफुट बर्षा र कतै हिमपात हुने

सोमवार, फागुन १४ २०८०
सोमवार, फागुन १४ २०८०
  • images
    images
    आगामी तीन दिनको मौसम पूर्वानुमान : कतै छिटफुट बर्षा र कतै हिमपात हुने
    images
    images

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

    हाल मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। 

    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ।

    भोलि मङ्गलबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

    देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ।
    बधुबार देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ।


    बर्षा र हिमपात हुने क्षेत्रमा दैनिक जनजीवन लगायत  कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com