दोस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरूको नाफा ४२.१७ प्रतिशत बढ्यो, कुन कम्पनीको कति ? सूचीसहित

दोस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरूको नाफा ४२.१७ प्रतिशत बढ्यो, कुन कम्पनीको कति ? सूचीसहित

चालु आर्थिक वर्षको ६ महिनामा हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूमध्ये नेशनल इन्स्योरेन्सबाहेक सबै कम्पनीको नाफा बढेको छ ।

मंगलवार, फागुन १ २०८०
मंगलवार, फागुन १ २०८०
  • images
    images
    दोस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरूको नाफा ४२.१७ प्रतिशत बढ्यो, कुन कम्पनीको कति ? सूचीसहित
    images
    images

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूले ३ अर्बभन्दा बढी नाफा कमाएका छन् । 

    कम्पनीहरूले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब १३ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । यो नाफा गत आर्थिक बर्ष २०७९/८० को सोही अवधीको तुलनामा ४२.१७ प्रतिशतले धेरै हो । गत आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा यी कम्पनीहरूले २ अर्ब २० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । निर्जीवन बीमा कम्पनीहरूले आर्जन गरेको यो नाफा ४२.१७ प्रतिशत अर्थात् ९२ करोड ९१ लाख रुपैयाँ धेरै हो । 

    वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा १४ निर्जीवन बीमा कम्पनीहरू मध्ये नेशनल इन्स्योरेन्स कम्पनीबाहेक अन्य सबै कम्पनीको नाफा बढेको छ । 

    यस अवधिमा सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा नेपाल इन्स्योरेन्स रहेको छ । यस कम्पनीको नाफा २३२.३३ प्रतिशत बढेर ४९ करोड ७७ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षमा यस कम्पनीले १४ करोड ९७ लाख ८७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११७.३४ प्रतिशत बढेर ३६ करोड ९ लाख रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सको १ सय प्रतिशत बढेर २५ करोड ८३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ७१.५४ प्रतिशत बढेर ९ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।

    यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ६३.७२ प्रतिशत बढेर १८ करोड ४३ लाख रुपैयाँ, आइजिआई प्रूडेन्सियल इन्स्योरेन्सको ५१.०८ प्रतिशत बढेर १८ करोड ३७ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको ४८ प्रतिशत बढेर १३ करोड १८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको ४० प्रतिशत बढेर १० करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेका हुन् ।

    समीक्षा अवधिमा नेशनल इन्स्योरेन्स भने १ करोड ७ लाख रुपैयाँ नोक्सानीमा छन् । गत वर्ष यस कम्पनीको नाफा १६ करोड ९१ लाख रुपैयाँ थियो ।

    कुन कम्पनीको नाफा कति ?

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com