मधेस प्रदेशमा ४८ प्रतिशत पसल बिना दर्ता सञ्चालन, अन्य कुन प्रदेशमा कति ?

मधेस प्रदेशमा ४८ प्रतिशत पसल बिना दर्ता सञ्चालन, अन्य कुन प्रदेशमा कति ?

शुक्रवार, माघ २६ २०८०
शुक्रवार, माघ २६ २०८०
  • images
    images
    मधेस प्रदेशमा ४८ प्रतिशत पसल बिना दर्ता सञ्चालन, अन्य कुन प्रदेशमा कति ?
    images
    images

    काठमाडौँ / मधेस प्रदेशमा ४८ प्रतिशत पसल बिना दर्ता सञ्चालनमा भइरहेको सरकारले गरेको सर्वेक्षणले देखाएको छ । 

    राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘नेपाल व्यापार सर्वेक्षण २०७८’ अनुसार मधेसका ७४ हजार २२२ व्यापारिक प्रतिष्ठानमध्ये ४८.२३ प्रतिशत प्रतिष्ठान दर्ता नभएको पाइएको हो । यो प्रदेशमा ५१.७७ प्रतिशत व्यापारिक प्रतिष्ठान मात्रै सञ्चालन भएको देखिएको छ। 

    यता, देशभर सञ्चालनमा रहेको कुल चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये ६८.२३ प्रतिशत दर्ता भएका छन् भने करिब ३२ प्रतिशत प्रतिष्ठान दर्ता नगरी सञ्चालन भइरहेको सर्वेक्षणले देखाएको छ । 

    कोशी प्रदेशका ३८.५, कर्णालीका ३३.८, सुदूरपश्चिमका २८.८, लुम्बिनीका २६.९, गण्डकीका २५.१ र बागमतीका २४.७ प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेका छन् । 

    थोक व्यापार गर्ने ६.४२, खुद्रा व्यापार गर्ने ३३.३८ र सवारी व्यापार तथा मर्मतसम्भार गर्ने २२.५४ प्रतिशत संस्था दर्ताबिनै सञ्चालन भइरहेको पनि सर्वेक्षणबाट देखिएको छ । त्यस्तै होलसेल व्यापारमा भने ६.४२ प्रतिशत दर्ता बिना चलाएको पाइएको छ।

    यता, व्यापारमा आबद्ध व्यक्तिमध्ये सबैभन्दा धेरै बागमती प्रदेशका ३२.९ प्रतिशत रहेका छन् । त्यस्तै लुम्बिनी प्रदेशका १६.४, कोशीका १६.८, मधेसका १४.३, गण्डकीका ९.५, सुदूरपश्चिमका ५.९ र कर्णालीका ४.२ प्रतिशत रहेका छन् ।

    व्यापारमा जोडिएका कूल व्यक्तिको सङ्ख्यामध्ये खुद्रा व्यापारमा मात्र ८८.६५ प्रतिशत व्यक्ति आबद्ध रहेको सर्वेक्षणबाट देखिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com