किसानलाई दूधको भुक्तानी दिन माग, अझै नौ लाख ५६ हजार लिटर दूधको भुक्तानी दिन बाँकी

किसानलाई दूधको भुक्तानी दिन माग, अझै नौ लाख ५६ हजार लिटर दूधको भुक्तानी दिन बाँकी

आइतवार, माघ २१ २०८०
आइतवार, माघ २१ २०८०
  • किसानलाई दूधको भुक्तानी दिन माग, अझै नौ लाख ५६ हजार लिटर दूधको भुक्तानी दिन बाँकी

    फिक्कल (इलाम) / इलाम नगरपालिकाले दुग्धजन्य पदार्थको निकासी र बजारीकरणमा देखिएको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ ।

    images
    images

    इलाम नगरपालिकाले २४औँ नगरसभाले विशेष प्रस्ताव पारित गर्दै दुग्ध विकास संस्थान (डिडीसी) विराटनगर शाखाबाट किसानलाई भुक्तानी दिनुपर्ने बक्यौता रकम भुक्तानीको व्यवस्था मिलाउन कोशी प्रदेश सरकार र नेपाल सरकारसग माग सो माग गरेको हो । 

    डिडिसीले इलामका किसानलाई २०८० साउनदेखि पुस महिनासम्मको रु नौ लाख ५६ हजार पाँच सय ६० लिटर दूधको भुक्तानी दिन बाँकी छ ।

    डिडीसिले बिब्ल्याँटेस्थित दूग्ध चिस्यान केन्द्रलाई दुई लाख ११ हजार ५० लिटर, तीनघरेस्थित दूग्ध चिस्यान केन्द्रलाई  दुई लाख ६१ हजार छ सय १० लिटर, फिक्कलस्थित दूग्ध चिस्यान केन्द्रलाई  एक लाख ८२ हजार चार सय लिटर र शान्तिडाँडास्थित दुग्ध चिस्यान केन्द्रलाई तीन लाख एक हजार चार सय लिटर दूधको भुक्तानी दिन बाँकी रहेको छ ।

    डिडिसीबाट किसानले पाउनुपर्ने करोडौँ रकम भुक्तानी बाँकी रहेकाले नगरसभाबाटै निर्णय गरी तत्काल भुक्तानीको व्यवस्था मिलाउन प्रदेश र सङ्घीय सरकारसँग माग गरिएको इलाम नगरपालिका प्रवक्ता नुतनदेव दुलालले बताए । 

    “दुग्ध चिस्यान केन्द्रले डिडिसीबाटै भुक्तानी नपाएकाले किसानले दूधको भुक्तानी पाउन सकेका छैनन्”, उनले भने, “यसको प्रत्यक्ष असर किसानले खेप्नु परेकाले चाँडो समस्या समाधानका लागि पहल गर्न प्रदेश र सङ्घीय सरकारसँग माग गरिएको हो ।”

    डिडीसीले पछिल्लो छ महिनासम्मको दूधको भुक्तानी नदिएपछि ठूलो लगानीमा पशुपालन र दुग्धजन्य पदार्थ उत्पादन व्यवसाय सञ्चालन गर्दै आएका किसानहरु समस्यामा परेका छन् । 

    “साउनदेखि हालसम्मको दूधको रकम पाइएको छैन, कहिले पाइने हो त्यो पनि थाहा छैन”, इलाम नगरपालिका–५ का किसान बीरबहादुर अधिकारीले भने, “यसले हामीजस्ता तल्लो तहका किसानहरुलाई असर परेको छ । चाँडो भुक्तनीको व्यवस्था मिलाउन प्रदेश र सङ्घीय सरकारले आवश्यक पहल गर्नेमा विश्वस्त छौँ ।”

    यस्तै नगरसभाले डिडिसीअन्तर्गत बन्द रहेको पुवाखोला चिस्यान केन्द्र र बाघखोर चिस्यान केन्द्र पुनःसञ्चालनको व्यवस्था गर्न, दुग्धजन्य उत्पादनको आन्तरिक खपत बढाउनका लागि नीति तथा कार्यक्रम लागू गर्न, गाईपालक किसानलाई अनुदान दिन, ऋण सुविधा र बिमाको व्यवस्था गर्न, नश्लसुधार बढाउन, विदेशबाट आयात हुने दुग्धजन्य उत्पादन नियन्त्रणका लागि भन्सार विन्दूमा क्वारेन्टाइन चेक र नियन्त्रण गर्न, लम्पीस्किन रोगबाट मरेका किसानलाई राहत उपलब्ध गराउन र इलामको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न पनि माग गरेको छ । 

    इलाम नगरमा मात्र दैनिक २० हजार लिटर दूध उत्पादन हुने गरेको र दैनिक दुई हजार लिटर दूध डिडिसीमार्फत विराटनगर जाने गरेको छ । बाँकी दूध निजी डेरी, चिज कारखाना, छुर्पी बनाउने उद्योग र मिठाइ बनाउने उद्योगमा खपत हुने गरेको छ । 

    जिल्लामा भने निजी उद्योगहरूमा  दैनिक ५३ हजार लिटर हाराहारीमा दूध खपत हुँदै आएको छ । निजी डेरीमा मात्र एक हजारभन्दा धेरै किसानले दूध बिक्री गर्दै आएका छन् ।

    जिल्लामा १८ वटा चिज कारखाना, एक सय ५० वटा छुर्पी बनाउने उद्योग र १३ वटा दुग्ध मिठाइ बनाउने उद्योग रहेको सरकारी तथ्याङ्क छ । यहाँ वार्षिक एक लाख १६ हजार ८६ मेट्रिकटन दूधजन्य पदार्थ उत्पादन हुने गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय