images
Logo
images

पश्चिमी वायुको प्रभावले यी प्रदेशहरूमा बदलीदेखि भारी हिमपातसम्म, हेर्नुस् तस्बिरमा

पश्चिमी वायुको प्रभावले यी प्रदेशहरूमा बदलीदेखि भारी हिमपातसम्म, हेर्नुस् तस्बिरमा

बिहिवार, माघ १८ २०८०
बिहिवार, माघ १८ २०८०
  • पश्चिमी वायुको प्रभावले यी प्रदेशहरूमा बदलीदेखि भारी हिमपातसम्म, हेर्नुस् तस्बिरमा

    हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
     
    महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा, कर्णाली प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा फाट्टफुट्टदेखि हल्का वर्षासहित हल्कादेखि मध्यम हिमपात भइरहेको छ । साथै देशका मध्य तथा पूर्वी तराईका थोरै स्थानहरुमा हुस्सु समेत लागेको छ ।
     
    आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, बाग्मती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली विभागले जनाएको छ । 

    images
    images

    रुकुम पूर्व भुमे गाउँपालिका–१ स्थित मध्यपहाडी सडक खण्डमा हिमपातका कारण सडक अवरुद्ध भएको समाचारहरू आएका छन् भने जुम्ला र ढोरपाटनमा पनि हिउँ परेको छ । 
    हेर्नुस् तस्बिरमा 

    undefined

    तस्बिर : रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय