राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारद्वारा धादिङका प्रदिप तामाङ सम्मानित

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारद्वारा धादिङका प्रदिप तामाङ सम्मानित

सोमवार, माघ १५ २०८०
सोमवार, माघ १५ २०८०
  • राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारद्वारा धादिङका प्रदिप तामाङ सम्मानित

    काठमाडौँ / राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारद्वारा धादिङ थाक्रेका प्रदिप तामाङ सम्मानित भएका छन् ।

    images
    images

    धादिङ थाक्रे घर भइ हाल चन्द्रागिरिमा च्याउ खेति गरिरहेका तामाङलाइ कृषि क्षेत्रमा उल्लेखनीय काम गरेबापत कृषि ज्ञान केन्द्र ललितपुरले सो सम्मान गरेको हो ।

    कृषि ज्ञान केन्द्र ललितपुरको आयोजनामा भएको कार्यक्रमा काठमाडौँ, ललितपुर र भक्तपुरका ८ किसान सम्मानित भएका थिए ।

    सम्मानित भएका उनीहरूलाई नगद २० हजारसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो । धादिङ थाक्रे गाउँपालिका वडा नम्बर ३ घर भएका तामाङले चन्द्रागिरि नगरपालिकामा व्यवसायिक खेती  गर्दै आएका छन् ।

    सम्मानित भएका तामाङले भिजन न्यूज नेपालसँग कुराकानी गर्दै सम्मानले थप जिम्मेवारी थपिएको र सम्मानित हुन पाउँदा गर्व महसुस भएको बताए।

    सम्मानले थप जिम्मेवारी दिइएको बताउँदै  आगामी दिनमा अझै यस क्षेत्रलाई थप सुदृढ बनाउदै आफ्नै ठाउँमा स्थानिय सरकारसँग समन्वय गर्दै च्याउ खेतीलाई व्वसायिक रूपमा अगाडि बढाउछदै युवाहरुलाइ रोजगारी दिने इच्छा रहेको बताए ।

    यसरी जिल्लाबाट छानिएका किसानलाई बाग्मती प्रदेशस्तरीय उत्कृष्ट किसान पुरस्कारका लागि सिफारिस गरिएको छ । प्रदेशबाट उत्कृष्ट भएमा केन्द्रीयस्तरीय प्रतिस्पर्धामा समेत छनोट हुन पाइनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय