संयुक्त राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसद्वारा दातृ राष्ट्रहरूलाई गाजामा सहयोगको निरन्तरता दिन आग्रह

संयुक्त राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसद्वारा दातृ राष्ट्रहरूलाई गाजामा सहयोगको निरन्तरता दिन आग्रह

आइतवार, माघ १४ २०८०
आइतवार, माघ १४ २०८०
  • images
    images
    संयुक्त राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसद्वारा दातृ राष्ट्रहरूलाई गाजामा सहयोगको निरन्तरता दिन आग्रह
    images
    images

    संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले गत अक्टोबर ७ मा इजरायलमाथि हमासको आक्रमणमा कर्मचारीको संलग्नता रहेको आरोप लागेपछि दातृ राष्ट्रहरूलाई प्यालेस्टिनी शरणार्थी निकाय (यूएनआरडब्लुए)को ‘निरन्तरताको ग्यारेन्टी’ दिन आग्रह गरेका छन् । 

    गुटेर्रेसले एक विज्ञप्ति जारी गर्दै भने, “मैले उहाँहरूको चिन्ता बुझेको छु । म आफैँ यी आरोपहरूप्रति चिन्तित भएको छु । मैले यूएनआरडब्ल्यूएको सहयोगको निरन्तरताको सुनिश्चित गर्न आफ्नो योगदान स्थगित गरेका सरकारहरूलाई जोडदार अपील गर्दछु।” 

    इजरायलले हमासको आक्रमणमा यूएनआरडब्लुएका कैयौँ कर्मचारीको संलग्नता रहेको आरोप लगाउँदै आएको छ जसका कारण केही प्रमुख दातृ राष्ट्रहरूले आफ्नो आर्थिक सहायता रोकेका छन् ।

    यूएनआरडब्ल्यूएले इजरायलको आरोपको लागि धेरै कर्मचारीहरूलाई बर्खास्त गरेको थियो भने  दावीहरूको विस्तृत अनुसन्धान गर्ने प्रतिवद्धता जनाएको थियो ।

    इजरायलले युद्धपछि गाजामा यूएनआरडब्लुएको काम रोक्ने प्रतिज्ञा गरेको थियो ।

    संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय अदालतले शुक्रबार इजरायलले द्वन्द्वमा नरसंहारका सम्भावित गतिविधि रोक्न र गाजामा थप सहायताका लागि अनुमति दिनुपर्ने फैसला सुनाएपछि इजरायल र युएनआरडब्लुएबीच विवाद उत्पन्न भएको हो ।

    गुटेर्रेसले भनेका छन्, “यी कर्मचारीहरूको घृणित कथित कार्यको परिणाम हुनुपर्दछ ।”

    “तर यूएनआरडब्लूएमा काम गर्ने दशौं हजार पुरुष र महिलाहरू, धेरै मानवतावादी कामदारहरूको लागि सबैभन्दा खतरनाक अवस्थामा, दण्डित हुनुहुँदैन,” उनले थपे । 

    “तिनीहरूले सेवा गर्ने निराश जनसङ्ख्याको आवश्यकताहरू पूरा गर्नैपर्छ,” उनले भने । 

    युएनआरडब्लुएका १२ जना कर्मचारीको नाम उक्त अभियोगमा उल्लेख गरिएको पुष्टि गर्दै नौ जनालाई बर्खास्त गरिएको, एक जनाको मृत्यु भएको र अन्य दुईको पहिचान खुलाइएको गुटेर्रेसले बताएका छन् । 

    संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा र स्विट्जरल्याण्डलगायतका आरोपपछि युएनआरडब्लुएका केही प्रमुख दातृ राष्ट्रहरूले आफ्नो सेवा अस्थायी रूपमा स्थगन गर्ने बताएका छन् ।

    हमासले शनिबार युएनआरडब्लुएविरुद्ध इजरायलको ‘धम्की’को निन्दा गर्दै संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय संस्थालाई ‘धम्की र ब्ल्याकमेलिङमा नजान’ आग्रह गरेको छ ।

    गत अक्टोबर ७ मा इस्लामिक समूहले गरेको आक्रमणमा इजरायलमा करिब एक हजार १४० जनाको मृत्यु भएको एएफपीलाई प्राप्त तथ्याङ्कमा उल्लेख छ । 

    लडाकूहरूले करिब २५० बन्धकहरूलाई कब्जामा लिएकोमा बन्धक तथा बन्दीहरूको आदानप्रदान सम्झौता अन्तर्गत भएको युद्धविरामका क्रममा कम्तीमा १०० बन्धकलाई फिर्ता गरिएको छ भने तीमध्ये करिब १३२ जना गाजामा रहेको बताइएको छ । 

    गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबरको अन्त्यदेखि शुरु भएको इजरायली सैन्य  कारबाहीमा कम्तीमा २६ हजार २५७ जनाको मृत्यु भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com