images
Logo
images

राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा बालेनसहित यी पाँच जनाले गरेनन् मतदान

राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा बालेनसहित यी पाँच जनाले गरेनन् मतदान

बिहिवार, माघ ११ २०८०
बिहिवार, माघ ११ २०८०
  • राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा बालेनसहित यी पाँच जनाले गरेनन् मतदान

    मकवानपुर / राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतदान प्रक्रिया सकिएको छ । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यामिक विद्यालयमा आज भएको मतदान प्रक्रिया सकिएको मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले बताए ।

    images
    images

    यहाँ पाँच जनाले मतदान नगरेको मुख्य निर्वाचन अधिकृत सञ्जेलले बताए। प्रदेशसभा सदस्य दुई र स्थानीय तहका तीन जनाले मतदान नगरेको उनले बताए ।

    स्थानीय तहतर्फ काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, काभ्रेको चौँरीदेउराली गाउँपालिकाका उपाध्यक्ष शेरबहादुर तामाङ र नुवाकोटका किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङले मतदान नगरेका हुन् । 

    यसैगरी हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्यद्धय शैलेन्द्रमान बज्राचार्य र सरिता खड्गी पनि मतदानमा अनुपस्थित भइन् ।  बागमती प्रदेशमा चार सिटका लागि छ दलका १५ जनाको उम्मेदवारी रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय