images
Logo
images

सिटिजन्स बैङ्कको ‘१० प्रतिशत सिटिजन्स बैङ्क डिबेन्चर २०९०’ नेप्सेमा सूचीकृत

सिटिजन्स बैङ्कको ‘१० प्रतिशत सिटिजन्स बैङ्क डिबेन्चर २०९०’ नेप्सेमा सूचीकृत

सोमवार, पुस २३ २०८०
सोमवार, पुस २३ २०८०
  • सिटिजन्स बैङ्कको ‘१० प्रतिशत सिटिजन्स बैङ्क डिबेन्चर २०९०’ नेप्सेमा सूचीकृत


    काठमाडौँ / सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबिच १० प्रतिशत सिटिजन्स बैङ्क डिबेन्चर २०९० नेप्सेमा सूचीकृत गर्ने सम्बन्धमा सम्झौता भएको छ । १० बर्ष अवधि तथा १० प्रतिशत ब्याजदर भएको ‘१० प्रतिशत सिटिजन्स बैङ्क डिवेन्चर २०९०’ डिबेन्चर÷ऋणपत्र सूचीकरण गर्ने सम्बन्धमा नेप्से र बैङ्कबिच सोमबार सम्झौता भएको हो । 

    images
    images

    सम्झौतासँगै क्रम सङ्ख्या १ देखि ३० लाखसम्मको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ रहेको ऋक्ष्श्द्यम्ढण् को कूल ३० लाख कित्ताको सूचीकरण भएको छ । कम्पनीले सर्वसाधारण समक्ष हिमालयन क्यापिटल लिमिटेड ९धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी० मार्फत खुल्ला विक्री आव्हान गरेको थियो ।

    सर्वसाधारणमा वितरण गरिएको ३० लाख कित्ता ऋणपत्र धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम पुस १ गतेको निर्णयानुसार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

    सोमबार नेप्से र बैङ्कबिच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कम्पनीको १० प्रतिशत वार्षिक ब्याजदर भएको १० प्रतिशत सिटिजन्स बैङ्क डिबेन्चर २०९० डिबेन्चर/ऋणपत्रको दोस्रो बजारको कारोबार सुरु हुनेछ ।

    सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा एटिएम र ९७ वटा शाखारहित बैङ्किङ्ग इकाईहरूबाट १६ लाख ९६ हजार ग्राहकवर्गलाई आधुनिक बैङ्किङ्ग सेवाहरू प्रदान गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय