images
Logo
images

सानिमा बैङ्कले नयाँ बर्षको अवसरमा ग्राहकहरूका लागि ल्यायो विशेष योजना

सानिमा बैङ्कले नयाँ बर्षको अवसरमा ग्राहकहरूका लागि ल्यायो विशेष योजना

शुक्रवार, पुस २० २०८०
शुक्रवार, पुस २० २०८०
  • सानिमा बैङ्कले नयाँ बर्षको अवसरमा ग्राहकहरूका लागि ल्यायो विशेष योजना

    काठमाडौँ / सानिमा बैङ्कले नयाँ वर्ष २०२४ को उपलक्ष्यमा ग्राहकहरूका लागि विशेष योजना सार्वजनिक गरेको छ । योजना अवधिभर सानिमा डोमेस्टिक डेबिट कार्डको आवेदन दिने ग्राहकहरूले जारी शुल्कमा २४ प्रतिशत छुट प्राप्त गर्नेछन् । 

    images
    images

    यो योजना पुस २२ देखि २०८० माघ ११ गतेसम्म लागू हुनेछ । बैङ्कले ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्दै नगदरहित कारोबारका लागि प्रोत्साहन गर्दै आएको छ ।

    सानिमा बैङ्कको देशको सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. सञ्चालनमा रहेका छन् । यसैगरी, सानिमा बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले विभिन्न अस्पताल, शपिङ आउटलेट, होटल, रेष्टुरेन्ट तथा अन्य मर्चेन्टहरूमा आकर्षक छुटको व्यवस्था मिलाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय