९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, सार्वजनिक खरिदले माग्यो ७ दिने स्पष्टीकरण

९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, सार्वजनिक खरिदले माग्यो ७ दिने स्पष्टीकरण

बिहिवार, पुस १९ २०८०
बिहिवार, पुस १९ २०८०
  • ९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, सार्वजनिक खरिदले माग्यो ७ दिने स्पष्टीकरण

    काठमाडौँ / ठेक्का लिएका विभिन्न योजनामा सम्झौताअनुसार काम नगरेका नौ कम्पनीको नाम कालोसूचीमा राख्न सिफारिस भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण मागेको छ।

    images
    images

    कार्यालयले आज एक सूचना जारी गर्दै  विभिन्न सार्वजनिक निकायहरुबाट कालोसूचना राखिदिन सिफारिस भएपछि सुरुमा ३० दिनको मौका दिएर स्पष्टीकरण माग गरिएकोमा सो समयअवधि गुजारेपछि अहिले कालो सूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।

    स्पष्टीकरण मागिएकाहरुमा हरिदेव पाण्डे मुख्य व्यक्ति रहेको पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स काठमाडौँ, वेगेन्द्रजंग वर्मशाखा मुख्य व्यक्ति रहेको न्यू भेरी इन्जिनियरिङ वर्कसप सुर्खेत लगायत छन् ।

    पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्सलाई पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले र न्यू भेरी इन्जिनियरिङ वर्कसपलाई कुमाख गाउँपालिका सल्यानले कालोसूचीमा राखिदिन सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई सिफारिस गरेका छन् ।

    यसैगरी नेपाल विद्युत प्राधिकरणले कालोसूचीमा राख्न गरेको सिफारिसको आधारमा आराभाली इन्फ्रापावर इण्डियालाई पनि सात दिने स्पष्टीकरण सोधिएको छ । यो कम्पनीको मुख्य व्यक्ति नयाँदिल्लीका राकेश जोली हुन् भने नेपालमा कम्पनीको आधिकारिक व्यक्ति भुषण थापा छन् ।

    यसैगरी प्रेमकृष्ण श्रेष्ठ मुख्य व्यक्ति रहेको प्रनिश इन्टरनेशनल प्रालि काठमाडौं र श्यामबहादुर जर्गामगर मुख्य व्यक्ति रहेको कोशी निर्माण सेवा काठमाडौंसँग पनि सात दिने स्पष्टीकरण माग गरिएको छ । प्रनिश इन्टरनेशनल प्रालिलाई नेपाल प्रहरी प्रधान कार्यालय नक्शालले र कोशी निर्माण सेवालाई सुनकोशी गाउँपालिका सिन्धुलीले कालोसूचीमा राख्न सिफारिस गरेका छन् ।

    सडक विभागको सडक सुधार तथा विकास आयोजना निर्देशनालयको सिफारिसमा जगदिशचन्द्र अग्रवाल मुख्य व्यक्ति रहेको दिनेशचन्द्र आर.अग्रवाल इन्फ्राकोन प्राइभेट लिमिटेड र जेभी शंकरमाली निर्माण सेवासँग पनि स्पष्टीकरण माग गरिएको छ । त्यसको आधिकारिक व्यक्ति दानबहादुर कार्की हुन् ।

    राजकुमार रावत मुख्य व्यक्ति भएको मामा भान्जा निर्माण सेवा उदयपुर, दशरथ वाइवा मुख्य व्यक्ति भएको सत्यस्वरी कन्स्ट्रक्सन प्रालि काठमाडौं र प्रेम प्रसाद अधिकारी मुख्य व्यक्ति भएको पाँचखाल कन्सट्रक्सन प्रालि नयाँबानेश्वर काठमाडौंसँग पनि स्पष्टीकरण सोधिएको छ ।

    मामा भान्जा निर्माण सेवालाई सूर्योदय नगरपालिका इलामले, सत्यस्वरी कन्स्ट्रक्सनलाई इन्द्रसरोवर गाउँपालिका मकवानपुरले र पाँचखाल कन्सट्रक्सन प्रालिलाई खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय र जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय धुलिखेलले कालोसूचीमा राख्न सिफारिस गरेका छन् ।

    यदि यी कम्पनी कालोसूचीमा परेमा कालोसूचीमा परेको अवधिभर सार्वजनि निकायका कुनै पनि कारबाहीमा सहभागी हुन पाउँदैनन् ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय