कोशी, बागमती र गण्डकी प्रदेशमा आज बदली हुने, मङ्गलबारसम्मको मौसम कस्तो रहला ?

कोशी, बागमती र गण्डकी प्रदेशमा आज बदली हुने, मङ्गलबारसम्मको मौसम कस्तो रहला ?

आइतवार, पुस ८ २०८०
आइतवार, पुस ८ २०८०
  • images
    images
    कोशी, बागमती र गण्डकी प्रदेशमा आज बदली हुने, मङ्गलबारसम्मको मौसम कस्तो रहला ?
    images
    images

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतयाः सफा रहेको छ। 

    आज आइतबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतयाः सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    सोमबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतयाः सफा रहनेछ। 

    मङ्गलबार कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतयाः सफा रहनेछ। 

    कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन तथा देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com