पोखराबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको इमरजेन्सी ढोका अचानक खुलेपछि...

पोखराबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको इमरजेन्सी ढोका अचानक खुलेपछि...

बिहिवार, पुस ५ २०८०
बिहिवार, पुस ५ २०८०
  • images
    images
    पोखराबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको इमरजेन्सी ढोका अचानक खुलेपछि...
    images
    images

    काठमाडौँ / पोखराबाट काठमाडौँ उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाजको ढोका खुलेको छ। बिहीबार बिहान ९ बजे बुद्ध एयरको उडान नम्बर ६५२ को इन्जिन स्टार्ट भएपछि आपतकालीन ढोका खुलेको हो । 

    प्लेन स्टार्ट भएपछि ढोकानजिकै रहेका यात्रुले जहाजको ढोका खोलेको पाइएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए । 

    “६५२ का जहाजको इमर्जेन्सी ढोका नजिकै रहनुभएका यात्रुबाट यात्रुबाट के कति कारणले खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझ्दै छन् ।  इर्मजेन्जी डोरका सिटमा बस्ने यात्रुलाई हाम्रा विमान परिचारिकाले हरेक उडानमा यसबारे ब्रिफिङ गरेका हुन्छन्,” उनले भने, “हाम्रा प्राविधिक टोलीले जहाजको चेकजाँच गर्दैछन् यसबारे जहाजमा प्राविधिक टोलीले पनि निरीक्षण गरेको छ।”

    यात्रुहरूलाई अर्को जहाजमा राखेर काठमाडौँ ल्याउने तयारी भइरहेको उनले बताए।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com