images
Logo
images

किसान आकर्षित नहुँदा मासिदै जौँ खेती, पूजाआजामा आवश्यक पर्ने जौँसमेत जिल्लामा उत्पादन हुन छाड्यो

किसान आकर्षित नहुँदा मासिदै जौँ खेती, पूजाआजामा आवश्यक पर्ने जौँसमेत जिल्लामा उत्पादन हुन छाड्यो

आइतवार, पुस १ २०८०
आइतवार, पुस १ २०८०
  • किसान आकर्षित नहुँदा मासिदै जौँ खेती, पूजाआजामा आवश्यक पर्ने जौँसमेत जिल्लामा उत्पादन हुन छाड्यो

    रुकुम / रुकुमपूर्वमा दशक अघिसम्म प्रशस्त मात्रामा गरिने जौँखेती हराउँदै गएको छ । कुनै समय जिल्लाको प्रमुख बाली भित्र पर्ने सो खेतीप्रति किसान आकर्षित नहुँदा  पछिल्लो समय  बिरलै मात्रामा देखिने गरेको छ । अहिले पूजाआजामा आवश्यक पर्ने जौँसमेत जिल्लामा उत्पादन हुन छाडेको छ ।

    images
    images

    पाँच/छ वर्षअघिसम्म यही समयमा पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटमा सबैका बारीमा जौँ उम्रिएर हरियाली देखिन्थ्यो । अहिले ती सबै खेतबारी खाली छन् । स्थानीय वीरेन्द्र बुढाले ती खेतबारी अहिले घोडा/खच्चड, भेडाबाख्रा बथानको चरिचरन गर्ने क्षेत्र बनेका बताउनुभयो । मकै भित्र्याएपछि खाली भएका ती बारी अब अर्को याममा मकै नरोप्दासम्म खाली नै रहने गरेको उनले बताए ।

    उनले भने, “पहिले सबैले बारीमा जौँखेती हुने  गर्दथ्यो । पछि विस्तारै मानिसले जौँखेती गर्न छाड्दै गए ।” मैकोटका सबैले मकै भित्र्याएपछि खेतबारी बाँझै राखेर एक यामभरि वस्तुभाउको चरिचरन गर्ने क्षेत्र बनाउने गरेका छन् । 

    जौँखेती गर्दै आएका मैकोटका चामबहादुर कामीले पछिल्लो समय आफूले जौँखेती नगरेको जानकारी दिए । “पहिले जौँ उत्पादन हुँदा त्यसैको सातु, ढिडो बनाएर खाने गरिन्थ्यो”, उनले भने, “जौँबाट बनेका परिकार खानलाई पनि मीठो र स्वास्थ्यका लागि पनि निकै राम्रो हुन्थ्यो ।” वस्तुभाउलाई दानाका रूपमा पनि जौँ प्रयोग गरिन्थ्यो । अहिले भने आफूलाई आवश्यक पर्दा चाहिने जौँसमेत उत्पादन हुन छाडेको उनको भनाइ छ ।

    मैकोटमा छाडा पशुचौपायाबाट बाली जोगाउन गाह्रो हुने र जौँ भित्र्याउने बेलामा स्थानीय यार्सा सङ्कलन गर्न जाने हुँदा पछिल्लो समयमा जौँखेती हराउँदै गएको मैकोटका अर्का स्थानीय विकास पुनले बताए । यस्तै भूमे गाउँपालिकाको पनि थोरै ठाउँमा मात्र जौँखेती गरिँदै आइएको छ । सिस्ने गाउँपालिकाको पनि केही ठाउँमा मात्र जौँखेती हुने गरेको छ ।

    एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका कृषि अधिकृत मानिसले भात रुचाउने र जौँबाट बनेका परिकार मन नपराउने हुँदा जौँखेती गर्न छाड्दै जान थालेको थलराज बस्नेतले बताए । उनले भन्नुभयो“विगतका तुलनामा जौँखेती मात्र नभई रैथाने बालीहरू लोप हुँदै गएका छन् ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय