images
Logo
images

कौसीखेतीबाट मनग्य आम्दानी गर्दै प्रेमराज, भन्छन्– केही गरौँ भन्ने मानिस कहिले बेरोजगार हुँदैन

कौसीखेतीबाट मनग्य आम्दानी गर्दै प्रेमराज, भन्छन्– केही गरौँ भन्ने मानिस कहिले बेरोजगार हुँदैन

बुधवार, मंसिर २७ २०८०
बुधवार, मंसिर २७ २०८०
  • कौसीखेतीबाट मनग्य आम्दानी गर्दै प्रेमराज, भन्छन्– केही गरौँ भन्ने मानिस कहिले बेरोजगार हुँदैन

    दोधारा–चाँदनी / कञ्चनपुर भीमदत्त नगरपालिका–३ तिलकपुरका प्रेमराज खत्रीले घरको छतभरि कौसीखेती गरी विभिन्न प्रकारका तरकारी फलाएका छन् । उनको कौसीमा बाँसले बनाएका र्याकमा गोलभेँडा, काउली, हरियो खुर्सानी, रायो र चाइनिज सागलगायत हिउँदे तरकारीले हराभरा छ । 

    images
    images

    उनको बारीमा विभिन्न प्रजातिका फलफूलका बिरुवा र जडीबुटीले हराभरा देख्निछ । गाउँका धेरैले उनको बारीलाई अशोक बाटीका भन्ने गर्दछन् । उक्त बारीमा नभएको कुनै बिरुवा छैन । “२०६६ सालमा प्रहरीबाट सेवानिवृत्त भएपछि मैले खेती सुरु गरेको हुँ ।” उनले भने “सुरुआतमा घरमा खानलाई उत्पादन गर्न खोजेको हुँ अहिले बिक्री गर्न थालेको छु मासिक चार÷पाँच हजार आम्दानी हुन्छ ।” उनले आफुसँग जग्गा नभएका कारण घरको छतमा खेती गर्नुपरेको बताए । “यहाँ मेरो दुई कठ्ठा एक धुर जग्गा छ त्यसमा घर बनेको छ तरकारी खेती गर्न ठाउँ छैन ।” खत्रीले भने“जग्गा नभएपछि छतमा खेती सुरु गरे यहाँ सबै प्रकारका तरकारी छन् राम्रो फल्छ ।” तरकारी बिक्रीबाट मासिक चार÷पाँच हजार र दूध बिक्रीबाट मासिक १६ हजार आम्दानी हुने गरेको उनले बताए । 

    “केही गरौँ भन्ने भावना भएको मानिस कहिले बेरोजगार हुँदैन ।” उनले भने “यहाँ धेरै मानिस आफ्नै मनिस्थितिले बेरोजगार भएका छन् ।” उनले आफ्नो सीप प्रयोग गरे स्वदेशमै रोजगार रहेको बताए। “मेरो परिवारले अहिलेसम्म बजारको औषधि खानुपरेको छैन ।” उनले भने “घरको उत्पादनले आफू पनि स्वस्थ्य भइन्छ आम्दानी पनि हुन्छ ।” अहिले खेतीबाटै आएको आम्दानीले छोराछोरीको पठनपाठन खर्च चलेको उनले बताए। “छोरो विएससी सिएसआई र छोरी विएससी अध्ययन गर्दै छन् ।” उनले भने “तरकारी बिक्रीबाट आएको रकमले घरखर्च सबै चलेको छ ।”

    उनी कृषि सँगसँगै भाषा संस्कृति संरक्षणमासमेत सक्रिय हुनुहुन्छ । २०३९ सालमा रेडियो नेपालबाट स्वर परीक्षण उत्तीर्ण गरेका उनी ‘हो जिल्ला बैतडी’ बोलको देउडा गीतका रचनाकारसमेत हुन् । बैतडीको प्रसिद्ध धार्मिक जगन्नाथ र त्रिपुरासुन्दरी मन्दिर बैतडी जिल्लाको परिचय र धार्मिक देवालयको इतिहास समेटेर बजारमा ल्याएको उनको उक्त गीत अहिले पनि उत्तिकै चर्चामा छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय