images
Logo
images

अलैँचीको मूल्य बढेपछि ताप्लेजुङका किसान उत्साहित, प्रति मन ६९ हजारमा कारोबार

अलैँचीको मूल्य बढेपछि ताप्लेजुङका किसान उत्साहित, प्रति मन ६९ हजारमा कारोबार

बुधवार, मंसिर २७ २०८०
बुधवार, मंसिर २७ २०८०
  • अलैँचीको मूल्य बढेपछि ताप्लेजुङका किसान उत्साहित, प्रति मन ६९ हजारमा कारोबार

    ताप्लेजुङ / पहाडी क्षेत्रको मुख्य नगदेबालीका रुपमा लिइने अलैँचीको मूल्य बढेसँगै किसान हर्षित भएका छन् । 

    images
    images

    गत वर्षको तुलनामा यस वर्ष अलैँचीको मूल्य बढेको छ ।  ताप्लेजुङमा अहिले प्रति मन (४० किलो) रू ६९ हजारमा कारोबार भइरहेको अलैँची व्यवसायी बालमणि बरालले जानकारी दिए ।

    उनका अनुसार यस वर्षको सबैभन्दा बढी गत सोमबार रू ७१ हजारका दरले कारोबार भएको थियो । शुक्रबारदेखि अलैँचीको मूल्यमा उतारचढाव आइरहेको बरालको भनाइ थियो । 

    मूल्यमा वृद्धि भएसँगै अलैँची किसान खुसी भएका छन् । पछिल्ला केही वर्ष न्यून मूल्यमा कारोबार गर्दै आएका किसानले यस वर्ष तुलनात्मक रुपमा केही बढी मूल्य पाएपछि खुसी भएका हुन् ।  

    “यस वर्ष उत्पादन केही घटे पनि मूल्य भने बढ्नले किसानलाई राहत पुगेको छ”, अलैँची किसान गणेश सिग्देलले भने- “अलैँचीको मूल्यमा सधैँ एकरुपता हुनुपर्ने हो । ठूलो परिमाणमा मूल्य घटबढ भइरहँदा किसान अलमलमा पर्ने गरेका छन् ।”

    गत आर्थिक वर्षको अन्तिम समयमा प्रति मन रू ६० हजारका दरले कारोबार भएको थियो । यस वर्ष सिजनको सुरुवाती समयमा झण्डै त्यही हाराहारीमा कारोबार भएको थियो । 

    बर्खामा अत्यधिक पानी र हिउँदमा लामो समय खडेरी पर्नुका साथै रोगकीराका कारण अलैँची उत्पादन घटेको किसान रश्मी आचार्यले बताइन् । उनका अनुसार यहाँ उत्पादित अलैँची झापाको विर्तामोड हुँदै भारतीय बजारमा निर्यात हुने गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय