भन्सार अनुमति नभएको भारतीय नम्बर प्लेटको गाडीमा राप्रपाका महामन्त्री राणा सिंहदरबार पसेपछि...

भन्सार अनुमति नभएको भारतीय नम्बर प्लेटको गाडीमा राप्रपाका महामन्त्री राणा सिंहदरबार पसेपछि...

बिहिवार, मंसिर १४ २०८०
बिहिवार, मंसिर १४ २०८०
  • images
    images
    भन्सार अनुमति नभएको भारतीय नम्बर प्लेटको गाडीमा राप्रपाका महामन्त्री राणा सिंहदरबार पसेपछि...
    images
    images

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री तथा सांसद धवलशमशेर राणा सवार भारतीय नम्बर प्लेटको गाडी सिंहदरबारबाट बाहिर निकालिएको छ । भन्सार अनुमतिको म्याद सकिएको भारतीय नम्बर प्लेटको गाडीमा सांसद राणा आज अपरान्ह सिंहदरबार पुगेका थिए ।

    सिंहदरबारस्थित समितिको बैठकमा सहभागी हुन् उनी नियमविपरीत उक्त गाडीमा गएका थिए । भन्सार अनुमति पास समेत नभएको गाडीमा गएको भन्दै प्रहरीले राणासहित गाडीलाई बाहिर निकालेको जनाइएको छ । 

    राणाले आफ्नो नातेदारहरू गाडीमा भारतबाट आएको र सोही गाडीमा आफू सिंहदरबार गएको बताएका छन् । ल्याउन मिल्छ कि मिल्दै थाहा नभएर भन्सार अनुमति सकिएको गाडीमा आफु सिंहदरबार पसेको राणाले बताएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com