images
Logo
images

माटो बिना नै लटरम्म फल्यो भेंडेखुर्सानी !

माटो बिना नै लटरम्म फल्यो भेंडेखुर्सानी !

बिहिवार, मंसिर १४ २०८०
बिहिवार, मंसिर १४ २०८०
  • माटो बिना नै लटरम्म फल्यो भेंडेखुर्सानी !

    दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेका स्थानीयले माटो विना नै भेंडेखुर्सानी खेती गरेका छन् । कोकोपिट (नरिवलको जटा)मा हाइड्रोपोनिक्स विधिबाट यहाँका स्थानीयले भेंडेखुर्सानीको खेती गरेका हुन् । 

    images
    images

    Green house.jpg

    माटो विना नै गरिएको खेतीमा लटरम्म फलेको भेंडेखुर्सानी फलेपछि यहाँका स्थानीय दङ्ग छन्। अत्याधुनिक स्वचालित ग्रीन हाउसभित्र हाइड्रोपोनिक्स विधिबाट गरिएको क्याप्सिकम थोकमा प्रतिकिलो रु ४०० मा बिक्री गरिन्छ। 

    bhede khursani.jpg

    हाइड्रोपोनिक्क्स प्रविधि के हो ?

    हाइड्रोपोनिक्सको जसको अर्थ माटो बिना पानी मात्र प्रयोग गरेर खेती गर्नु हो। यो आधुनिक खेती प्रवधि हो । यस प्रविधिमा पानीको प्रयोग गरेर हावापानी नियन्त्रण गरेर खेती गरिन्छ। 

    पानीसँग केही बालुवा वा मसिनो गिट्टी आवश्यक हुन सक्छ। 

    Bhede khursani3.jpg

    यस प्रविधिमा पानीमा केही घोल तयार पारिन्छ र त्यसबाट बिरुवा र तरकारी उत्पादन गरिन्छ। आवश्यक खनिज र पोषक तत्वहरू पानीमा यसरी थपिन्छन् कि यसले बिरुवाहरूको वृद्धिमा मद्दत गर्दछ। यसमा तापक्रम १५–३० डिग्री र आर्द्रता ८०–८५ प्रतिशतमा राखिन्छ । 

    Bhede khursani4.jpg

    हाइड्रोपोनिक्स प्रणालीहरूको उद्देश्य बाली उत्पादनमा नियन्त्रण र दक्षता बढाउनु हो। परम्परागत बाहिरी उत्पादन प्रणालीहरूमा, बालीहरू मौसम र माटोको अवस्थामा निर्भर रहन्छन् । 

    यद्यपि लगभग कुनै पनि बाली हाइड्रोपोनिक रूपमा उब्जाउन सकिन्छ, तर सबैभन्दा सामान्य सलादको रूपमा प्रयोग हुने फलफूल तथा तरकारी, टमाटर, मरिच, काँक्रो, स्ट्रबेरीआदि लगाउन सकिन्छ । 

    bhede khursani1.jpg

    तस्बिर : कुलदीप न्यौपाने/रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय