पश्चिमी वायु र चापीय प्रणालीको प्रभाव : आगामी तीन दिनसम्म यी क्षेत्रहरूमा बर्षा र हिमपातको सम्भावना

पश्चिमी वायु र चापीय प्रणालीको प्रभाव : आगामी तीन दिनसम्म यी क्षेत्रहरूमा बर्षा र हिमपातको सम्भावना

बिहिवार, मंसिर १४ २०८०
बिहिवार, मंसिर १४ २०८०
  • images
    images
    पश्चिमी वायु र चापीय प्रणालीको प्रभाव : आगामी तीन दिनसम्म यी क्षेत्रहरूमा बर्षा र हिमपातको सम्भावना
    images
    images

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

    हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायात देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। 

    आज बिहीबार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

    मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका  उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    शुक्रबार कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका  उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    शनिबार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको  उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  साथै देशका  उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। 

    तसर्थ, वर्षा, हिमपात र देशभरिको तापक्रम गिराबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com