उच्च हिमाली भागमा हिमपात हुन सक्ने, देशभर चिसो बढ्दै

उच्च हिमाली भागमा हिमपात हुन सक्ने, देशभर चिसो बढ्दै

बिहिवार, मंसिर ७ २०८०
बिहिवार, मंसिर ७ २०८०
  • images
    images
    उच्च हिमाली भागमा हिमपात हुन सक्ने, देशभर चिसो बढ्दै
    images
    images

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जाडो मौसम शुरु भएयता क्रमिक रुपमा तापक्रम घटिरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 


    साथै देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन भनेको छ ।

    हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको  जनाएको छ।

     

    २०८० मंसिर ६ गते बुधबार

    दिउँसो ː कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू(भागको मौसम सामान्यतया सफा रहनेछ। 

    कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातीः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही देशको बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।  

     

    २०८० मंसिर ७ गते बिहीबार

    दिउँसो ː देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  

    साथै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातीः देशको पहाडी भू–भागमा आंशिक बदली रही देशको बाँकी भू(भागको मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    २०८० मंसिर ८ गते शुक्रबार

    दिउँसो ː देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू(भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। 

    देशका पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।साथै, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातीः देशको पहाडी भू–भागमा आंशिक बदली रही देशको बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com