सी र बाइडेनबीच शिखर सम्मेलनमा यी विषयमा कुराकानी हुने

सी र बाइडेनबीच शिखर सम्मेलनमा यी विषयमा कुराकानी हुने

सोमवार, कार्तिक २७ २०८०
सोमवार, कार्तिक २७ २०८०
  • images
    images
    सी र बाइडेनबीच शिखर सम्मेलनमा यी विषयमा कुराकानी हुने
    images
    images

    चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका अमेरिकी समकक्षी जो बाइडेनले यसै साता सान फ्रान्सिस्कोमा हुने शिखर सम्मेलनमा ‘वैश्विक शान्ति र विकास’ का बारेमा विचार विमर्श गर्ने बेइजिङले सोमबार बताएको छ । 

    “दुवै राष्ट्राध्यक्षले चीन–अमेरिकासँग सम्बन्धित रणनीतिक, सामान्य र दिशात्मक मुद्दाका साथै वैश्विक शान्ति र विकाससँग सम्बन्धित मुख्य मुद्दाहरूमा गहन वार्ता गर्नुहुनेछ”, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भने, “चीन प्रतिस्पर्धासँग डराउँदैन तर हामी चीन–अमेरिका सम्बन्धलाई प्रतिस्पर्धाका सन्दर्भमा गरिने परिभाषाको विरोध गर्छौं ।”

    यसै साता क्यालिफोर्नियामा हुने एपेक शिखर सम्मेलनका अवसरमा बाइडेन र सीबीच करिब एक वर्षमा पहिलो पटक भेट हुँदैछ । ह्वाइट हाउसका प्रेस सचिव क्यारिन जिन–पियरेका अनुसार दुवै नेताबीच थुप्रै द्विपक्षीय, क्षेत्रीय र वैश्विक मुद्दाको दायराका साथै प्रतिस्पर्धालाई जिम्मेबारीपूर्वक व्यवस्थापन गर्ने तरिकाबारे कुराकानी हुनेछ । 

    सी–बाइडेन शिखर सम्मेलन बेइजिङ, वासिङ्टन र अन्य स्थानमा शीर्ष अधिकारीहरूबीच हालैका महिनाहरू भएका बैठकहरूको शृङ्खलापछि हुन लागेको हो । यसअघि सी र बाइडेनबीच सन् २०२२ नोभेम्बरमा बालीमा भेट भएको थियो । 

    बुधबार हुने बैठकको उद्देश्य दुवै मुलुकबीचको चिसिएको सम्बन्धलाई ‘स्थिर’ बनाउने रहेको भन्दै एक वरिष्ठ अमेरिकी अधिकारीले ठूलो परिणामको आशा नगर्न चेतावनी दिए । प्रवक्ता माओले सोमबार अमेरिकासँग चीनको हितलाई नोक्सान पुर्याएर आफ्नै सरोकारलाई जोड दिनुको सट्टा चीनको तर्कसङ्गत चासो र वैध विकास अधिकारलाई इमान्दारीपूर्वक सम्मान गर्न आग्रह गरे ।

    “अमेरिकालाई चीन परिवर्तन गर्न चाहँदैन र अमेरिकाले पनि चीनलाई आकार दिन वा परिवर्तन गर्न खोज्नु हुँदैन”, उनले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com