क्रिकेट प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कारका लागि एक करोड ५७ लाख निकासा

क्रिकेट प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कारका लागि एक करोड ५७ लाख निकासा

शनिवार, कार्तिक १८ २०८०
शनिवार, कार्तिक १८ २०८०
  • images
    images
    क्रिकेट प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कारका लागि एक करोड ५७ लाख निकासा
    images
    images

    काठमाडौँ / सरकारले क्रिकेट प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कारका लागि रकम निकासा गरेको छ । सरकारले तीन प्रतियोगिताको पूर्व घोषित एक करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा गरेको हो । 

    अर्थमन्त्रालयबाट गत वैशाख ५ देखि १८ गतेसम्म भएको एसिसी पुरुष प्रिमियर कपका लागि ७९ लाख, २०७९ फागुन १२ देखि १८ गतेसम्म भएको आइसिसी यु–१९ पुरुष सिडब्लुसी– एसिया क्वालिफायरका लागि ४६ लाख र आइसिसी सिडब्लुसी लिग– २ का लागि ३२ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार निकासा भएको हो।

    राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले पुरस्कार पाउने खेलाडी लगायतलाई बधाइ दिँदै पुरस्कारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई धन्यवाद दिए।

    साथै शुक्रबार मूलपानीमा भएको ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा युएइलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि स्थान सुरक्षित गर्न सफल नेपाली टोलीलाई उनले बधाइ दिँदै फाइनलमा सफलताका लागि शुभकामना दिए।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com