महालक्ष्मी विकास बैंकद्वारा आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग

बिहिवार, कार्तिक १६ २०८०
बिहिवार, कार्तिक १६ २०८०
  • images
    images
    महालक्ष्मी विकास बैंकद्वारा आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग
    images
    images

    काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्किड  गार्डेन  नेपाल  परियोजनालाई  सफल  बनाउन  राउण्ड  टेबल  नेपालसँग समन्वय गरी आर्थिक सहयोग प्रदान गरेको छ । 

    ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रूपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आइरहेको पिछडिएका बालबालिकाहरुको अधिकार, कल्याण र स्वास्थ्य सुरक्षित गर्ने  मुख्य  उद्देश्यले  स्थापित आर्किड गार्डेन  नेपाल  परियोजनालाई बैंकले आर्थिक सहयोग गरेको हो । 

    विगत १७ बर्षदेखि पिछडिएका बालबालिकाहरूलाई दिवा स्याहार तथा शिक्षा प्रदान गरिरहेको बाल विद्यालयको हालको अवस्था अत्यन्त नाजुक रहेकोले विद्यालयको अवस्था सुधार गरी बालबालिकाको पठनपाठनमा सहजता पु¥याउने उद्देश्यले बैंकले ५० हजार रुपैयाँको आर्थिक सहयोग गरेको हो ।

    विद्यालय ग्राउन्ड सतहभन्दा करिब ४ फिट तल रहेको, बर्षायाममा कक्षा कोठामा बाढी पस्ने कारणले विद्यालय बन्द गर्नुपर्ने र सरकारी प्राधिकरणबाट विद्यालय सुधारका लागि  सूचना समेत आइसकेकोले  आर्किड  गार्डेन  नेपाल  परियोजना  अन्तर्गत  रहि  विद्यालय सुधार गर्न लागिएको हो । 

    ६ महिनादेखि ९ वर्षसम्मका १५० जना बालबालिकाहरूलाई दिवा स्याहार सेवा तथा शिक्षा  प्रदान गरिरहेको विद्यालयले सुधारपश्चात करिब २०० जना  बालबालिकालाई  सेवा  प्रदान गर्ने सामथ्र्य राख्दछ । आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।

    विगत देखि नै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहकहरूको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com