भारतीय दुतावासद्वारा क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण

भारतीय दुतावासद्वारा क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण

शुक्रवार, कार्तिक १० २०८०
शुक्रवार, कार्तिक १० २०८०
  • images
    images
    भारतीय दुतावासद्वारा क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण
    images
    images

    काठमाडौँ / भारतीय राजदूतावास काठमाडौँले कप्तान रोहित पौडेल नेतृत्वको नेपाल राष्ट्रिय क्रिकेट टोलीलाई क्रिकेट सामाग्री हस्तान्तरण गरेको छ । राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट संघका कार्यकारी सदस्यहरूका लागि दूूतावासमा आयोजित एक समारोहकाबिच उक्त सामाग्री हस्तान्तरण गरिएको हो । 

    नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सरिन स्र्पोट्सबाट खरिद गरिएका २० वटा क्रिकेट ब्याटसहितका व्यावसायिक क्रिकेट सामाग्री नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द र संघका सचिव पारस खड्काको उपस्थितिमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई हस्तान्तरण गरे । 

    ती सामाग्री बी.पी कोइराला भारत–नेपाल फाउन्डेशन र भारत सरकारको स्वामीत्व रहेको सतलज जलविद्युत निगम (एसजेभीएन) का तर्फबाट भारतीय दूतावासले प्रदान गरेको हो । नेपाली क्रिकेट टोलीले पनि भारतीय राजदूत श्रीवास्तवलाई टोलीले हस्ताक्षर गरेको जर्सी उपहारस्वरूप प्रदान गरेका थिए । 

    cnews1.JPG

    राजदूत श्रीवास्तवले हालै सम्पन्न एसिया कप र एसियाली खेलकुदमा नेपाली क्रिकेट टोलीको बेजोड प्रदर्शनको प्रशंसा गरे । उनले क्रिकेट सामाग्रीको हस्तान्तरणले भारत र नेपालबिचको जनता–जनताबीचको सम्बन्धमा नयाँ आयाम थप्ने बताए । उनले आगामी त्रिदेशीय टी–२० कप फाइनल र यसै महिनाको अन्त्यबाट सुरु हुने आइसीसी टी–२० विश्वकप छनोटका लागि क्रिकेट टोलीलाई शुभकामना दिए ।

    cricket team.JPG

    नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द, संघका सचिव पारस खड्का र नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले भारतीय दूतावास, बी.पी कोइराला भारत–नेपाल फाउन्डेशन र एसजेभीएनलाई धन्यवाद व्यक्त गरे । उनीहरूले क्रिकेट सामाग्रीको हस्तान्तरणसँगै भारतीय दूतावास र नेपाल क्रिकेट संघबीच सहकार्य यात्राको सुरुवात भएको बताए । 

    cricket news.JPG

    भारतीय दूतावास, काठमाडौँले यसअघि सन् २०१३ मा नेपाल क्रिकेट संघलाई  बस उपलब्ध गराउनुका साथै  बी.पी कोइराला भारत–नेपाल फाउन्डेशनमार्फत नेपाल बहिरा क्रिकेट टोलीलाई सन् २०२३ को अप्रिलदेखि मेसम्म कोलकातामा भएको त्रिदेशीय क्रिकेट टुर्नामेन्टमा सहभागी हुन सहयोग गरेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com