गत आर्थिक वर्ष घोराही सिमेन्ट्सको बिक्री आम्दानी र खुद नाफा दुबै घट्याे, अन्य सुचक कस्ताे ?

गत आर्थिक वर्ष घोराही सिमेन्ट्सको बिक्री आम्दानी र खुद नाफा दुबै घट्याे, अन्य सुचक कस्ताे ?

शुक्रवार, कार्तिक ३ २०८०
शुक्रवार, कार्तिक ३ २०८०
  • गत आर्थिक वर्ष घोराही सिमेन्ट्सको बिक्री आम्दानी र खुद नाफा दुबै घट्याे, अन्य सुचक कस्ताे ?

    काठमाडौँ घोराही सिमेन्ट्स इन्डिष्ट्री लिमिटेडले गत आर्थिक वर्ष २०७९÷८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले  सार्वजिनक गरेको वित्तिय विवरण अनुसार कम्पनीको बिक्री आम्दानी र खुद नाफा दुबै घटेको हो । 

    images
    images

    गत असार मसान्तसम्ममा कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५.३३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले २१ करोड रुपैयाँ खुद नाफ कमाएको थियो।

    समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३.६७ प्रतिशत घटेको छ। अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ८० करोड रुपैयाँ बिक्री आम्दानी गरेको कम्पनीले, गत आर्थिक वर्षमा ४ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४.५४ प्रतिशत घटेको छ भने अन्य आम्दानी २७.६० प्रतिशत घटेको छ।

    नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ४७ पैसा घटेर १ रुपैयाँ ३४ पैसामा झरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २६९ रुपैयाँ ५६ पैसा रहेको छ।

    2.png

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय