स्वास्थ्य क्षेत्रमै पहिलो पटक आइपीओ जारी गर्दै ह्याम्स अस्पताल, सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर

स्वास्थ्य क्षेत्रमै पहिलो पटक आइपीओ जारी गर्दै ह्याम्स अस्पताल, सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर

सोमवार, असोज २९ २०८०
सोमवार, असोज २९ २०८०
  • स्वास्थ्य क्षेत्रमै पहिलो पटक आइपीओ जारी गर्दै ह्याम्स अस्पताल, सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर

    काठमाडौँ / हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ ।

    images
    images

    कम्पनी पब्लिक लिमिटेडमा गएपछिको पहिलो साधारण सभाले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता शेयर जारी गर्ने निर्णय गरेको हो । जुन जारी पुँजीको १५ प्रतिशत हो । प्रति कित्ता एक सय रुपैयाँका दरले सर्वसाधारणमा शेयर जारी हुनेछ ।

    यसैमध्येबाट बढीमा ५ प्रतिशत सेयर कर्मचारीका लागि जारी गरिने साधारण सभाले निर्णय गरेको छ । बाँकी ८५ प्रतिशत सेयर स्वामित्व भने संस्थापक समूहको हुने अस्पतालले जनाएको छ ।

    साधारण सभाले आफ्ना सेयरधनीहरूलाई १७.३८ प्रतिशत बोनस सेयर र ०.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । त्यसपश्चात कम्पनीको कुल पुँजी ६३ करोड ७५ लाख रुपैयाँ हुनेछ । अस्पतालले सेयर निष्काशनका लागि ब्रिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई समेत नियुक्त गरेको हो । 

    ५ सदस्यीय सञ्चालक समिति गठन

    साधारण सभाले ५ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । जसमा संस्थापक सेयरधनीको तर्फबाट राम शरण भण्डारी, दल बहादुर भण्डारी र प्रेम बहादुर भण्डारी नियुक्त भएका छन् । यस्तै सर्वसाधारण तर्फ गीता जोशी सायमी नियुक्त भएका छन् ।

    स्वतन्त्र सञ्चालमा शर्मा

    साधारणसभाले स्वतन्त्र सञ्चालकमा टंकमणि शर्मालाई नियुक्त गरिएको छ । स्वास्थ्य क्षेत्रमा समेत अनुभव र प्रशासकीय अनुभव भएका शर्मा पूर्व महालेखा परीक्षक हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय