बद्रीविक्रम पुरस्कार साहित्यकारद्वय डा. गैरे र अभिलाषीलाई, पुरस्कार राशी २० हजार पाँच

बद्रीविक्रम पुरस्कार साहित्यकारद्वय डा. गैरे र अभिलाषीलाई, पुरस्कार राशी २० हजार पाँच

आइतवार, असोज २१ २०८०
आइतवार, असोज २१ २०८०
  • बद्रीविक्रम पुरस्कार साहित्यकारद्वय डा. गैरे र अभिलाषीलाई, पुरस्कार राशी २० हजार पाँच

    काठमाडौँ / पूर्णिमा साहित्य प्रतिष्ठानले कर्मयोगी बद्रीविक्रम पुरस्कारबाट साहित्यकारद्वय डा. नारायणप्रसाद शर्मा गैरे र कवि नवीन अभिलाषीलाई सम्मान गरेको छ । प्रतिष्ठानले शनिबार कोहोलपुरमा एक समारोहको आयोजना गरी बद्रीविक्रम थापाको नाममा स्थापित कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कार–२०८० बाट डा. गैरेलाई र बद्री विक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार-२०८० बाट कवि नवीन अभिलाषीलाई सम्मान गरेको हो । 

    images
    images

    समारोहका विशेष अतिथि प्राज्ञ सनत रेग्मी र प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदनले संयुक्त रूपमा रु. २०,००५ र सम्मानपत्र साहित्यकारद्वय गैरै र अभिलाषीलाई हस्तान्तरण गरेका थिए । 

    सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि सहित्यकार  रोदनले पश्चिम क्षेत्रका सर्जकको साहित्यप्रतिको लोभ लाग्दो सक्रियताले आफूहरूलाई थप ऊर्जा मिलको बताए । उनले भने, “कर्मयोगी बद्रीविक्रम थापा जहा जहाँ आफ्नो कार्यको सिलसिलामा रहनु भयो त्यही जिल्लामा साहित्य सेवा सम्बन्धी काममा पुरस्कार स्थापना भएका छन् ।” 

    कार्यक्रमका विशिष्ट अतिथि तथा प्राज्ञ सनत रेग्मीले सम्मानित स्रष्टालाई बधाई दिँदै साहित्यको उन्नयनमा प्रतिष्ठानले गर्दै आएको अभियानले आफ्नो युवावस्थाको जोश, सक्रियता सम्झाएको बताए । उनले अहिले पश्चिम क्षेत्रको साहित्यको केन्द्रका रूपमा कोहलपुर स्थापित हुँदै गएको बताए । 

    कार्यक्रमका विशिष्ट अतिथि तथा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले यसरी हरेक पटक साहित्यको कार्यक्रम सहभागी हुन पाउँदा आफू र साहित्य नगरीको रूपमा कोहलपुर चिनिएको खुशी व्यक्त गरे । उनले भने, “यस पटकको बजेटमा साहित्यको विकासका लागि रकम विनियोजन गरिएको छ । वाङ्मय प्रतिष्ठान गठनका लागि छलफलसमेत भइरहेको छ ।”

    यसअघि क्रमशः वाङ्मय पुरस्कार कलाकार प्रेमदेव गिरी र युवा प्रतिभा पुरस्कार शेखर दहितलाई प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानले बताए । 

    कार्यक्रममा डा. देवेन्द्र आचार्यले गजल, शान्ति अधिकारीले मुक्तक, बद्री ढकाल हिरामणिले हाइकू, चन्द्रावती अधिकारीले छन्द कवि, लक्ष्मण मानवले गद्य कविता, निरन्जना चन्द निरूले साइनो, शान्ति सुनारले गीत र निकिता बोहराले बाल कविता वाचन गरेका थिए ।

    कार्यक्रम प्राज्ञ महानन्द ढकाल, शशीराम कार्की, हरि तिमिल्सिना, साहित्यकारहरू सृजन लम्साल, डा।जनार्दन आचार्य, किरण आचार्य, तिलक न्यौपाने, सागर गैरे, सुमित्रा न्यौपाने, खोपीराम वली, पुष्कर रिजाल, प्रकाश मरासिनी, ईश्वरीप्रसाद रिजाल, कल्पना खरेल, सन्तोषी विष्टलगायत २०० भन्दा बढी साहित्यानुरागीको उपस्थिति रहेको थियो ।
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय