सिप्ला सेक्युरिटीजको आयोजनामा लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

सिप्ला सेक्युरिटीजको आयोजनामा लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

सोमवार, असोज १५ २०८०
सोमवार, असोज १५ २०८०
  • सिप्ला सेक्युरिटीजको आयोजनामा लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

    रसुवाको गोसाईकुण्ड गाउँ पालिका वडा न ६ धुन्चे स्थित बालमन्दिरको प्राङ्गणमा सिप्ला सेक्युरिटीज प्रा.लि.को कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अंतर्गत आयोजित लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको छ ।

    images
    images

    कार्यक्रममा वित्तीय साक्षरता, महिला स्वास्थ्य, सानो उद्योगको परियोजना तथा पर्यटन विकास सम्बन्धि विस्तृत जानकारि गराउनुका साथै विभिन्न विद्यालयहरूलाई खेल सामग्रीहरू, स्वास्थ्य चौकीलाई सेनेटरी प्याड भेन्डिङ मेसिन र विभिन्न व्यक्तित्व हरुलाई मायाको चिनो वितरण गरिएको थियो। 

    कार्यक्रमको विषय सबैले सिक्नैपर्ने विषय रहेकोले आगामी दिनहरूमा पनि यस्तो कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको र अन्य पालिकाहरूमा पनि सञ्चालन गर्नुपर्ने नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । 

    सिप्ला सेक्युरिटीजका सिइओ राउल अग्रवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा  रसुवा जिल्ला नागरिक समाजका अध्यक्ष तामाङ, लामटाङ राष्ट्रिय निकुञ्ज कार्यालय प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष उत्तम थापा, सिप्ला सेक्युरिटीजका सदस्यहरू, ओए के. टी. एमका सदस्यहरू, सुरक्षाकर्मिहरू, आमा समूह, विभिन्न विद्यालयका शिक्षक शिक्षिकालगायत विद्यार्थीहरू, पत्रकारहरू, स्थानीय लामा झाक्री गुरुहरू, स्थानीयलगायतको उपस्थिति थियो।

    सो कार्यक्रमको आयोजक सिप्ला सेक्युरिटीज थियो भने अवधारणा र व्यवस्थापन ओए के.टी.एम.ले गरेको थियो । साथै लाङटाङ एरिया कन्जरभेसन कन्सर्न सोसाइटी (लाकोस) स्थानीय साझेदारको रूपमा सक्रिय थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय