सवारीको नाममा नागरिकलाई सास्ती दिनेकुराको अन्त्य हुनुपर्छः हरिवंश आचार्य

सवारीको नाममा नागरिकलाई सास्ती दिनेकुराको अन्त्य हुनुपर्छः हरिवंश आचार्य

आइतवार, असोज १४ २०८०
आइतवार, असोज १४ २०८०
  • images
    images
    सवारीको नाममा नागरिकलाई सास्ती दिनेकुराको अन्त्य हुनुपर्छः हरिवंश आचार्य
    images
    images

    काठमाडौं / वरिष्ठ कलाकार हरिवंश आचार्यले विशिष्ट व्यक्तिहरूले सवारीको नाममा नागरिकलाई सास्ती दिनेकुराको अन्त्य हुनुपर्ने बताएका छन्।

    आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८० लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    उनले अहिले पनि विशिष्ट व्यक्तिहरूको सवारीको नाममा दिनभर सडक अस्तव्यस्त पार्ने परम्परा रहेको भन्दै त्यसको विरोध गरे।

    उनले सवारीलाई ठूलो दर्जा दिइएको भन्दै सवारी गर्न रहर हुनेले दमकलमा बसेर जान सल्लाह दिए।

    कलाकार आचार्यले सार्वजनिक यातायातको विकास नभइकन कुनैपनि देशमा जनताले सुख नपाउने बताए।

    उनले राज्यले पब्लिक ट्रान्सपोर्टेसनमा बढी लगानी गर्नुपर्ने भएपनि नेपालले सर्वजनिक बसमा लगानी गर्न नसकेको पनि बताए।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com