नेपालले ‘एसियाली सहकार्य संवाद’लाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री साउद

नेपालले ‘एसियाली सहकार्य संवाद’लाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री साउद

बिहिवार, असोज ४ २०८०
बिहिवार, असोज ४ २०८०
  • images
    images
    नेपालले ‘एसियाली सहकार्य संवाद’लाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री साउद
    images
    images

    न्यूयोर्क / परराष्ट्रमन्त्री एनपी साउदले ‘एसियाली सहकार्य संवाद’लाई नेपालले उच्च प्राथमिकतामा राखेको बताएका छन् । मन्त्री साउदले भने, “नेपालले क्षेत्रीय प्रक्रियालाई उच्च प्राथमिकतामा राखेको छ, यसभित्र एसियाली सहकार्य संवादसमेत पर्दछ ।” राष्ट्रसङ्घको मुख्यालयमा आयोजित एसियाली देशका मन्त्रीको सम्मेलनमा मन्त्री साउदले उक्त धारणा राखेका हुन् ।

    उनले भने, “हामीहरु सबै एसियाली क्षेत्रका सदस्यसँग यसको उद्देश्यअनुसार काम गर्न तयार छौँ, साथै यसले आत्मसात् गरेका मुख्य विषयलाई सफलतापूर्वक कार्यान्वयन गर्न सहमत छौँ ।”

    अठार देशका विदेशमन्त्री मिलेर सन् २००२ जुनमा स्थापना भएको ‘एसियाली सहकार्य संवाद’को सदस्यता नेपालले सन् २०१६ मार्चमा लिएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com