८ महिनापछि अर्थमै किन फर्काइयो सचिव कृष्णहरि पुष्कर ?

८ महिनापछि अर्थमै किन फर्काइयो सचिव कृष्णहरि पुष्कर ?

सोमवार, असोज १ २०८०
सोमवार, असोज १ २०८०
  • images
    images
    ८ महिनापछि अर्थमै किन फर्काइयो सचिव कृष्णहरि पुष्कर ?
    images
    images

    सरकारले अर्थसचिवको परिवर्तन गरेर सचिव कृष्णहरि पुष्करलाई अर्थमै फर्काएका छन् । ८ महिना अघि सचिब पुष्कर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवमा तानिएका थिए । अर्थको जिम्मेवारी अर्जुन पोखरेल थिए । अर्थसचिवको जिम्मेवारी पाएका पछिल्ला ३ सचिवले ४ महिनाको मात्रै समय पाएका छन्। यसले अर्थ मन्त्रालयमा अर्थ सचिब पद अस्थिर बन्दै गएको छनक देखिन्छ । 

    अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उनलाई शुक्रबारको मन्त्रिपरिषद बैठकले अर्थसचिवमा सरूवा गरेको जनाएको छ । 

    पुष्करको स्वागतका लागि सोमबार अर्थ मन्त्रालयमा कार्यक्रम राखिएको एक अधिकारीले जानकारी दिए।

    २०७८ भदौमा राजस्व सचिवका रूपमा अर्थमन्त्रालय प्रवेश गरेका उनी २०७८ असार २४ गते सचिवमा बढुवा भएका थिए।

    उनको सह–सचिव हुँदा उद्योग मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, वैदेशिक रोजगार विभाग, अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतका निकायमा बसेर काम गरेको अनुभव छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com