विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले बढेर १५ खर्ब ७३ अर्ब पुग्यो, १० महिनाको आयात धान्न पर्याप्त

विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले बढेर १५ खर्ब ७३ अर्ब पुग्यो, १० महिनाको आयात धान्न पर्याप्त

आइतवार, भदौ ३१ २०८०
आइतवार, भदौ ३१ २०८०
  • images
    images
    विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले बढेर १५ खर्ब ७३ अर्ब पुग्यो, १० महिनाको आयात धान्न पर्याप्त
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो महिना अर्थात साउनमा विदेशी विनिमय सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकले आज आइतबार सार्वजनिक गरेको आर्थिक बर्षको तथ्यांकअनुसार साउन मसान्तसम्म विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले बढेको छ । 

    अघिल्लो आर्थिक बर्ष २०७९/८० को असार मसान्तसम्ममा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबरको रहेको कुल विदेशी विनिमय सञ्चिति चालु आर्थिक बर्षको साउन मसान्तसम्ममा २.२ प्रतिशतले वृद्धि भएर १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ पुगेको हो ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति ११ अर्ब ८५ करोड पुगेको छ । जुन अघिल्लो बर्षको तुलनामा १.२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक बर्ष अमेरिकी डलरमा यस्तो सञ्चिति ११ अर्ब ७१ करोड रहेको थियो । 

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति अघिल्लो बर्षको असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक बर्षको साउन मसान्तसम्ममा २.९ प्रतिशतले वृद्धि भई .१३ खर्ब ८५ अर्ब २४ करोड रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत आर्थिक बर्षको असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा चालु आर्थिक बर्षको साउन मसान्तमा २.९ प्रतिशतले कमी आई १ खर्ब ८७ अर्ब ८९ करोड कायम भएको छ । साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।

    चालु आर्थिक वर्षको पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.५ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । 

    साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका
    अनुपातहरु क्रमशः २९.२ प्रतिशत, ८५.७ प्रतिशत र २६.३ प्रतिशत रहेको छ । २०८० असार मसान्तमा यी
    अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com