डिम्याट खाता नविकरण नगर्नेको ‘मेरो सेयर’ रोक्का, एक्टिभ गर्न रिन्यू गर्नुपर्ने

डिम्याट खाता नविकरण नगर्नेको ‘मेरो सेयर’ रोक्का, एक्टिभ गर्न रिन्यू गर्नुपर्ने

आइतवार, भदौ १७ २०८०
आइतवार, भदौ १७ २०८०
  • डिम्याट खाता नविकरण नगर्नेको ‘मेरो सेयर’ रोक्का, एक्टिभ गर्न रिन्यू गर्नुपर्ने

    काठमाडौँ / सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताहरूको मेरो शेयर रोक्का राख्ने भएको छ ।

    images
    images

    सीडीएसले गत साउन १६ गते शनिबार एक सूचना जारी गर्दै डिम्याट खाता नवीकरण गर्न अनुरोध गरेको थियो । सीडीएसले डिम्याट खाता नवीकरण नगर्नेहरुको मेरो सेयर पनि भदौ १५ गतेदेखि रोक्का राखिने जनाएको थियो ।

    सोही अनुसार अहिले डिम्याट नवीकरण नगर्नेहरुको मेरो सेयर रोक्का भएको छ। अब मेरो सेयर एक्टिभ गर्न डिम्याट खाता नवीकरण गर्नुपर्ने कम्पनीले जनाएको छ । 

    हाल लगानीकर्ताहरुले मेरो सेयरमार्फत आइपीओ, हकप्रद सेयर, डिबेन्चर खरिद गर्दै आइरहेका छन् । डिम्याट नवीकरण नगरे यी सबै सेवाबाट बन्चित हुनुपर्ने भएको छ ।  

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय