३४ वर्षपछि सिरहाको सर्रे अम्बासमा एमालेको बैठक बस्दै

३४ वर्षपछि सिरहाको सर्रे अम्बासमा एमालेको बैठक बस्दै

बुधवार, भदौ १३ २०८०
बुधवार, भदौ १३ २०८०
  • images
    images
    ३४ वर्षपछि सिरहाको सर्रे अम्बासमा एमालेको बैठक बस्दै
    images
    images

    लहान / नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज सिरहाको धनगढीमाई नगरपालिका–४, अम्बासमा बस्दैछ । नेकपा (एमाले)का केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईका अनुसार पूर्वनिर्धारित योजनाअनुसार नै आज पार्टीको सचिवालय बैठक बस्न लागेको हो । बिहान साढे ११ बजे बस्ने बैठककको सबै तयारी पूरा भएको छ ।

    बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गर्ने, केन्द्रीय कमिटी बैठकको मिति तोक्नेलगायतका निर्णय गर्ने जनाइएको छ। यसअघि यही भदौ ९ गतेका लागि तय भएको सचिवालय बैठक निरन्तरको वर्षाका कारण प्रतिकूल स्थिति सिर्जना भएकाले आजका लागि सारिएको थियो । 

    सचिवालय बैठक बस्न लागेको स्थानमा नेकपा (माले)ले २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म भूमिगत समयमा चौथो महाधिवेशन गरेको थियो । सोही महाधिवेशनले मदन भण्डारीलाई पार्टीको महासचिव चुनेको थियो । त्यसको करिब ३४ वर्षपछि सोही स्थानमा सचिवालय बैठक बस्न लागेको हो ।

    ‘चौथो महाधिवेशन नीति, कार्यक्रम र नेतृत्वका हिसाबले अग्रगामी रहेको थियो,’ सचिव भट्टराईले भने, ‘एमालेको विचार निर्माणमा त्यो महाधिवेशन ऐतिहासिक थियो । त्यसैको सम्झनास्वरुप बैठक यही स्थानमा तय गरिएको हो ।’

    सचिव भट्टराईले यस ठाउँको भौतिक पूर्वाधारको विकास, नेपालको कम्युनिस्ट आन्दोलनको अध्ययन केन्द्र, कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको उपलक्षमा आजै एमाले अध्यक्ष केपी शर्मा ओलीबाट कम्युनिस्ट आन्दोलनको स्तम्भ सोही ठाउँमा शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको जानकारी दिए । 

    त्यस्तै, उक्त स्थानलाई वैचारिक तथा सैद्धान्तिक पर्यटकस्थलका रूपमा विकास गरिने उनले जनाए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com