आज वि.सं. २०८२ साल भाद्र ७ गते, शनिबार तदनुसार ईश्वी सन् २०२५ अगस्ट २३ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, भाद्र कृष्णपक्ष, औँसी तिथी, बिहान ११ः१५ बजेपछि प्रतिपदा, मघा नक्षत्र, आनन्दादिमा–पद्य योग, चन्द्रराशि–सिंह, बुवाको मुख हेर्ने दिन, कुशे औँसी ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सोचेको काममा अवरोध आउन सक्नेछ र दैनिक कार्यमा कठिनाइ बढ्ने संकेत छन्। अनावश्यक तनाव र स्वास्थ्य समस्या सताउन सक्छ। नयाँ योजना अघि बढाउँदा सावधानी आवश्यक छ, नत्र नोक्सानी हुनेछ। शिक्षामा चुनौती भए पनि प्रयास जारी राखे लाभ पाउन सकिन्छ। अवसर र प्रतिस्पर्धा दुवै रहने भएकाले संयम र विवेक अपनाउनु उपयुक्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आमा वा आफन्तको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न हुनेछ। घरजग्गा वा सवारी साधन कारोबारबाट लाभ पाउन सकिनेछ। व्यापारमा प्रगति हुने संकेत छन्। पारिवारिक सम्बन्ध सुदृढ भए पनि मतभेदबाट सजग रहनुहोस्। राजनीति तथा सामाजिक कार्यमा प्रतिष्ठा बढ्नेछ। आत्मविश्वासमा कमीले चुनौती आउन सक्छ, त्यसैले संयम र योजना अनुसार अघि बढ्नु आवश्यक छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समाजमा प्रतिष्ठा फिर्ता भई वर्चस्व बढ्नेछ। समयको सही प्रयोगले दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ। दाजुभाइ तथा आफन्तको सहयोगले रोकिएका काम बन्नेछन्। उद्योग–व्यापारमा लाभ बढ्नेछ भने नयाँ अवसर प्राप्त हुनेछ। प्रतिस्पर्धीलाई सजिलै परास्त गर्न सकिनेछ। छोटो यात्रा, मनोरञ्जन र खानपानमा रमाइलो हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कुटुम्बसँग सम्बन्ध सुधार भई आफन्तबाट सहयोग प्राप्त हुनेछ। अनुसन्धानमा खर्चिएको समयले सकारात्मक नतिजा दिनेछ र दीर्घकालीन आम्दानी हुने व्यवसायमा लगानी गर्न सकिनेछ। तर, स्वास्थ्यमा ध्यान दिनुहोस्। कार्यक्षेत्रमा शत्रु सक्रिय हुने भएकाले बोली र व्यवहारमा सावधानी अपनाउनुहोस्। कर्जा र उधारोमा चनाखो रहनुहोस्, अन्यथा आर्थिक दबाब बढ्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ प्रविधि प्रयोग गरी रचनात्मक कामबाट आम्दानी बढ्नेछ। आफन्तको सहयोग र धन परिचालनले व्यवसाय विस्तार हुनेछ। होटेल, रेस्टुरेन्ट र बोलेर गर्ने पेशामा लाभ हुनेछ। शत्रु परास्त हुनेछन् र प्रभावशाली व्यक्तिसँग सम्पर्क बढ्नेछ। पारिवारिक जमघट र मनोरञ्जनमा रमाइलो हुनेछ। व्यवहारमा संयम अपनाउनुहोस्, लोकाचारमा अति लाग्दा फाइदा गुम्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामान्य स्वास्थ्य समस्या र कमजोर जोशले काम प्रभावित हुनेछ। अरूको भरपर्दा काममा ढिलाइ हुनेछ, अग्रज र आफन्तको सहयोग कम पाइनेछ। आकस्मिक खर्चले आर्थिक दबाब बढ्न सक्छ, लगानी बाध्यतापूर्ण हुन सक्छ। आलोचक र वादविवादबाट सावधान रहनुहोस्। वैदेशिक रोजगारीमा अवसर मिल्नेछ। समयमै होसियारी अपनाए भने चुनौतीलाई पार गर्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सुखद समाचार र रोकिएका काम बन्ने संकेत छन्। पैतृक सम्पत्ति प्रयोग गरी आम्दानी बढाउन सकिनेछ। आर्थिक पक्ष सबल रहँदा थोरै लगानीबाट नाफा मिल्नेछ। प्रेम र मित्रता मजबुत हुनेछ। नयाँ अवसर र प्रतीक्षित नतिजाले उत्साह बढाउनेछ। तर अपरिचितको विश्वास नगर्नुहोस्। माङ्गलिक समारोहमा सहभागी भई रमाइलो र मिष्टान्न भोजनको आनन्द पाइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राजनीति र समाजसेवामा समर्थन मिल्नेछ भने व्यापारमा लगानी बढाएर आम्दानी गर्न सकिनेछ। कृषि–पशुपालनलाई आधुनिकीकरण गरी फाइदा लिन सकिनेछ। पढाइमा प्रतिस्पर्धीलाई पछाडि पार्ने सम्भावना छ। प्रतीक्षित नतिजा सन्तोषजनक रहनेछ, तर महत्त्वाकांक्षा तुरुन्तै पूरा नहुन सक्छ। धैर्य र दोहोरिएको प्रयासले भविष्यमा उल्लेख्य फाइदा दिलाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घरपरिवार र प्रेममा मनमुटाब आउन सक्छ। स्वास्थ्यमा कमजोरीका कारण सावधानी आवश्यक छ। अध्ययन र अध्यापनको क्रममा लामो यात्रा सम्भव छ। जिम्मेवारी पाए पनि उपलब्धिका लागि प्रतीक्षा गर्नु पर्नेछ। योजना अनुसार काम गर्दा सफलता मिल्नेछ, इष्टमित्रको सहयोग प्राप्त हुनेछ। आहार–विहारमा सजग रहँदा स्वास्थ्य समस्या कम हुनेछन्। रोकिएका कामले तत्काल फाइदा नदिन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार र पढाइमा सफलता मिल्नेछ, प्रतिस्पर्धीलाई पछाडि पार्न सकिनेछ। आफन्त र सहपाठीबाट शुभ समाचारले उत्साह जगाउनेछ। माया प्रेम मजबुत हुनेछ। तर भौतिक खर्च र विश्वास पात्रबाट धोका पाइने सम्भावना भएकाले सावधानी आवश्यक छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। कामको चाप र योजनामा व्यवधान आउन सक्छ, समयको तालमेल मिलाएर मात्र सफलता हात पर्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्यक्षेत्रमा बोलीको प्रभावले काम अघि बढ्नेछ। सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछन्। व्यापारमा लगानीले आर्थिक स्थिति मजबुत हुनेछ। अध्ययनमा प्रतिस्पर्धीलाई पछाडि पारेर पुरस्कार प्राप्त गर्न सकिनेछ। प्रेम र दाम्पत्य जीवन सुखद रहनेछ। रमाइलो यात्रा र मनोरञ्जनको अवसर हुनेछ। तर धेरै बोल्ने, उधारो वा खानपान–मनोरञ्जनमा खर्चले आर्थिक दबाब बढाउन सक्छ, योजना गोप्य राखेर अघि बढ्नु उपयुक्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ प्रविधि र सामाजिक सञ्जालको प्रयोगले बौद्धिक विकास र पद प्राप्ति सम्भावना बढाउनेछ। व्यापारबाट मनग्गे धन आर्जन हुनेछ। भौतिक सम्पत्ति प्रयोगले अरूको मन आकर्षित पार्न सकिनेछ। यात्रा, खानपान र मनोरञ्जनको अवसर रहनेछ। स्वास्थ्य सबल रहँदा काममा उत्साह जाग्नेछ। चुनौती र प्रतिस्पर्धीलाई पार गर्दै आर्थिक लाभ र दिगो उपलब्धि प्राप्त गर्न सकिनेछ।