बिहीबारको राशिफल : नाम, दाम, इनाम र प्रतिष्ठा प्राप्तिका लागि तपाईँको समय कस्तो चल्दैछ आज ?

बिहीबारको राशिफल : नाम, दाम, इनाम र प्रतिष्ठा प्राप्तिका लागि तपाईँको समय कस्तो चल्दैछ आज ?

बिहिवार, भदौ ५ २०८२
बिहिवार, भदौ ५ २०८२
  • बिहीबारको राशिफल : नाम, दाम, इनाम र प्रतिष्ठा प्राप्तिका लागि तपाईँको समय कस्तो चल्दैछ आज ?

    आज मिति २०८२ साल भाद्र ५ गते, बिहीबार तदनुसार ईश्वी सन् २०२५ अगस्ट २१ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, भाद्र कृष्णपक्ष, त्रयोदशी तिथी, मध्यान्ह १२ः४५ बजेपछि चतुर्दशी, तिष्य नक्षत्र, आनन्दादिमा–शुभ योग, चन्द्रराशि–कर्कट ।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    शुभ माङ्गलिक समारोहमा सहभागी भई आत्मीयता बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर हुने संकेत छ। व्यापार–व्यवसाय विशेष गरी खाद्यान्न, औषधि र अटो पार्टसमा लाभ हुनेछ। सामाजिक तथा राजनीतिक क्षेत्रमा जनसमर्थन पाइनेछ। व्यस्त जीवनशैलीबीच पनि प्रतिष्ठित कामको अवसर मिल्नेछ। भूमि, वाहन र कृषिमा लाभ मिल्दै प्रतीक्षित नतिजाले उत्साह बढाउनेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    व्यवसाय, उद्योग र शेयर बजारबाट मनग्गे लाभ हुने समय छ। रोकिएका काम बन्नेछन् भने नयाँ अवसरहरू पनि प्राप्त हुनेछन्। कृषिमा सामान्य तर व्यापारमा उल्लेख्य फाइदा पाइनेछ। आम्दानी बढ्दै आवश्यकताहरू पुरा गर्न सजिलो हुनेछ। भाग्यको साथले प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको प्रतिफलस्वरूप धन आर्जन गर्ने अवसर जुर्नेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    व्यापार तथा शेयर बजारमा लगानीबाट मनग्गे धन आर्जन हुने संकेत छ। नयाँ काम सुरु गर्ने अवसर मिल्नेछ तर लगानी अघि जाँच–पड्ताल आवश्यक हुनेछ। बुद्धि र बोलीको प्रभावले धनसंगै प्रतिष्ठा पनि बढ्नेछ। सहयोगीहरूको साथले रोकिएका काम बन्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। विशेष योजना सार्वजनिक नगर्दा सफलता पक्का हुने देखिन्छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    व्यापार तथा शेयर बजारबाट राम्रो आम्दानी भई आर्थिक अवस्था सुदृढ हुनेछ। रोकिएका काम बन्ने र नयाँ अवसर पाइन सक्छ। जीवनसाथी र शुभचिन्तकको साथले महत्वपूर्ण काम सफल हुनेछन्। प्रतिकूल परिस्थिति अनुकूलमा बदलिनेछ। प्रतिष्ठा बढ्दै विशिष्ट व्यक्तिसँगको भेटघाट लाभदायी हुनेछ। पहिलेको सफलता र अनुभवले अझ ठूलो काम गर्न हौसला दिनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    विदेशी सामानको व्यापार र वैदेशिक रोजगारमा सफलता मिल्नेछ। अध्ययन र कर्मको लागि लामो यात्रा लाभदायी हुनेछ। तर स्वास्थ्य समस्या र अनावश्यक खर्च बढ्ने सम्भावना छ। धेरै लगानी गर्दा थोरै फाइदा मात्र हातपर्न सक्छ। साथीभाइसँग असमझदारी हुनसक्ने भएकाले सावधानी आवश्यक छ। कानुन विपरीत कार्य नगरी होसपूर्वक अघि बढ्दा लाभ हुने देखिन्छ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    पैतृक सम्पत्तिको सदुपयोग र दाजुभाइको सहयोगले आम्दानी बढ्नेछ। बैंकिङ तथा शेयर बजारमा गरिएको लगानीबाट मनग्य धन आर्जन हुनेछ। थोरै लगानीबाट पनि धेरै नाफा पाइनेछ। भौतिक सम्पत्ति र सवारी साधन जुट्ने अवसर छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आँट र मेहनतको बलमा दिगो फाइदा दिने काम सुरु गर्न सकिने अनुकूल समय हुनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    खाद्यान्न, निर्माण सामग्री र अटो पार्टस व्यापारमा उल्लेख्य वृद्धि भई आम्दानी बढ्नेछ। पेशा वा नोकरीमा अधिकारी वर्गको सहयोगले प्रगति हुनेछ। विवादित विषय समाधान भई नयाँ अवसर हात लाग्नेछ। मेहनत र लगनशीलताले प्रतिष्ठा संगै धन आर्जन गर्ने मौका दिनेछ। विशिष्ट व्यक्तिको सहयोगले काम सजिलै बन्नेछ। जीवनशैलीमा सकारात्मक परिवर्तन आउने समय हुनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    अल्पकालीन र दीर्घकालीन योजनाबाट व्यवसायमा लाभ हुनेछ। भाग्यको साथले नयाँ काम सुरु गर्ने अवसर मिल्नेछ। सानो प्रयत्नले ठूलो परिणाम प्राप्त भई रोकिएका काम बन्नेछन्। प्रभावशाली व्यक्तित्वले व्यापारमा विश्वास बढाउनेछ। नयाँ लगानी र योजनाबाट दोहोरो फाइदा पाइनेछ। प्रतिष्ठित कामबाट आम्दानीसँगै सम्मान पनि बढ्नेछ। भाग्योन्नतिको समयले आर्थिक प्रगति सुनिश्चित गर्नेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    व्यापार वा अध्ययनमा सोचेजस्तो प्रगति भई श्रमअनुसार लाभ पाइनेछ। प्रविधिको प्रयोगले काम सहज हुनेछ। स्वास्थ्य कमजोर भए पनि मिहिनेतको फल पछि फाइदाजनक हुनेछ। परिस्थितिले कठोर निर्णय गराउन सक्छ तर समस्या दर्साउँदा सहयोगीहरूको साथ मिल्नेछ। दोधारमा निर्णय नगरी अनुसन्धान र योजना बनाएमा दीर्घकालीन आम्दानी र सकारात्मक नतिजा हात लाग्नेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    व्यापार र वित्तीय लगानीबाट मनग्गे धन आर्जन हुने संकेत छ। अनुभवी व्यक्तिको साथले कारोबारमा सफलता मिल्नेछ। नोकरी वा पेशामा सहकर्मीको सहयोग लाभदायी हुनेछ। व्यवसाय सम्बन्धी यात्रा अवसर जुट्नेछ। मेहनत र आत्मविश्वासले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ। प्रियजन र आफन्तको सहयोगले नयाँ अवसर र आर्थिक उन्नतिको सम्भावना बढाउनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    रकम तथा भौतिक साधन जुट्दै दिगो फाइदा दिने काम सुरु हुने समय छ। नोकरी वा व्यवसायमा प्रतिस्पर्धामा अग्रस्थान हात लाग्नेछ। अफिसियल यात्रा अवसर लाभदायी हुनेछ। पिताको सहयोग र मेहनतले प्रतिष्ठा तथा अधिकार जोगाउनेछ। परिस्थितिसँग सम्झौता गरेर प्रयत्न गर्दा लक्ष्य प्राप्ति र दीर्घकालीन आम्दानी सम्भव हुनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    भौतिक तथा मानव स्रोत साधनको प्राप्ति हुँदै व्यवसायमा नाफा बढ्नेछ। शिक्षा, पशुपालन र कृषि क्षेत्रमा लाभ मिल्ने समय छ। सेवामूलक कामबाट पनि धनलाभ हुनेछ। प्रयत्नका काम सजिलै सम्पन्न हुनेछन्। आफन्त र अनुयायीको सहयोगले आर्थिक अवसर बढाउनेछ। प्रतिष्ठित काम तथा बौद्धिक प्रयासले दीर्घकालीन आम्दानी सुनिश्चित गर्नेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय