महिन्द्राको नयाँ XUV 3XO नेपाली बजारमा, सुरक्षादेखि स्टाइलसम्म सबैतिर उत्कृष्टता

महिन्द्राको नयाँ XUV 3XO नेपाली बजारमा, सुरक्षादेखि स्टाइलसम्म सबैतिर उत्कृष्टता

बुधवार, साउन २१ २०८२
बुधवार, साउन २१ २०८२
  • महिन्द्राको नयाँ XUV 3XO नेपाली बजारमा, सुरक्षादेखि स्टाइलसम्म सबैतिर उत्कृष्टता

    काठमाडौं/ अग्रणी अटोमोबाइल निर्माता महिन्द्रा एन्ड महिन्द्रा लिमिटेड ले ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५’ को अवसरमा नेपाली बजारमा आफ्नो बहुप्रतिक्षित कम्प्याक्ट SUV XUV 3XO सार्वजनिक गरेको छ। नयाँ डिजाइन, अत्याधुनिक प्रविधि, उच्चस्तरीय सुरक्षा र शक्तिशाली परफर्मेन्ससहितको यो मोडेलले नेपाली अटो बजारमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य लिएको छ।

    images
    images

    XUV 3XO को मूल्य रू. ४४.९० लाख बाट सुरु हुने जानकारी दिइएको छ। नेपालमा यसको आधिकारिक विक्रेता अग्नि ग्रुप मार्फत बुकिङ खुला भइसकेको छ।

    प्रमुख विशेषताहरू:
    - स्पोर्टी र बोल्ड डिजाइन: एथलेटिक बनोट, फराकिलो ‘इन्फिनिटी LED टेल ल्याम्प’ र प्रिमियम लेदरेट सिटहरूले यसलाई भिजुअल्ली आकर्षक बनाउँछन्।

    - शक्तिशाली परफर्मेन्स: १.२ लिटर टर्बो-पेट्रोल इन्जिनबाट ८२ किलोवाट पावर र २०० Nm टर्क उत्पादन। ०–६० किमी प्रतिघण्टा केवल ४.६ सेकेन्डमा।

    - सुरक्षा विशेषता: सबै भेरियन्टमा ६ वटा एयरब्याग, ESP, अल-ह्विल डिस्क ब्रेकहरू, लेभल २ ADAS, ब्लाइन्ड भ्यु मोनिटर र ३६०° सराउन्ड भ्यु क्यामरासहित ५५+ सुरक्षा फिचर्स।

    - इन्टेरियर टेक्नोलोजी: १०.२५ इन्चको ड्युअल हाइ-रेजोलुसन स्क्रिन, हार्मन कार्डन अडियो सिस्टम, वायरलेस Apple CarPlay/Android Auto, र ६५W USB-C फास्ट चार्जिङ।

    - कम्फर्ट र स्टाइल: प्यानोरामिक स्काइरुफ, कमान्ड सिटिङ पोजिसन (१३९८ मिमी) र ड्राइभिङ मोडहरू: Zip, Zap, Zoom

    उद्घाटन समारोहमा भनिए महिन्द्राका इन्टरनेशनल अपरेसन प्रमुख सचिन अरोलकर भन्छन्,
    नेपाल हामीलाई निकै महत्वपूर्ण बजार हो। XUV 3XO को आकर्षक बनोट, प्रिमियम फिचर र उत्कृष्ट सुरक्षा मापदण्डले नेपाली ग्राहकहरूको अपेक्षा पुरा गर्ने विश्वास हामीलाई छ।

    अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले भने
    नेपाली उपभोक्ताहरू अहिले मोडर्न डिजाइन र टेक्नोलोजी खोजिरहेका छन्। XUV 3XO ले उनीहरूलाई Everything You Want And More दिनेछ। हाम्रो लक्ष्य महिन्द्राका उत्कृष्ट र इनोभेटिभ गाडीहरू नेपाली बजारमा निरन्तर उपलब्ध गराउनु हो। 

    महिन्द्राको नयाँ XUV 3XO ले नेपाली अटो बजारमा कम्प्याक्ट SUV सेगमेन्टमा डिजाइन, प्रविधि र सुरक्षाको नयाँ सन्दर्भ खडा गर्दै आगामी पुस्ताका लागि एक आकर्षक विकल्पको रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

     

    महिन्द्राको बारेमा
    सन् १९४५ मा स्थापित महिन्द्रा ग्रुप, एक विश्वभर सम्मानित बहुराष्ट्रिय कम्पनीको समुह हो, जसमा १ सय भन्दा बढी देशहरूमा २ लाख ६० हजारभन्दा धेरै कर्मचारी कार्यरत छन् ।

    महिन्द्रा ग्रुप भारतमा कृषि उपकरण, युटिलिटी गाडीहरू, सूचना प्रविधि र वित्तीय सेवाहरूमा अग्रस्थानमा छ, र विक्रीको हिसाबले विश्वकै सबैभन्दा ठूलो ट्र्याक्टर कम्पनी हो । 

    महिन्द्राको उपस्थिति नवीकरणीय ऊर्जा, कृषि, लजिस्टिक्स, हस्पिटालिटि र रियल स्टेट क्षेत्रमा समेत बलियो छ । महिन्द्राले विश्वस्तरमा ‘इ-एस-जि’मा अग्रणी बन्ने, ग्रामिण समृद्धि सक्षम गर्ने र शहरी जीवनस्तर सुधार गर्ने स्पष्ट दृष्टिकोण अपनाएको छ । समुदाय र सरोकारवालाहरूलाई माथि उठ्न सक्षम बनाउँदै हरेकको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु महिन्द्राको लक्ष्य रहेको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय